search

वीरगंजमा एनसेलको नयाँ सेन्टर सञ्चालन

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ वैशाख/ वीरगंज महानगर–८ घण्टाघर लिङ्करोडमा एनसेलले नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका कर्मचारी प्रमुख स्टेफेन रोड्रिगेजले बिहीवार एनसेल सेन्टरको उद्घाटन गरे । यसअघि यो सेन्टर महावीरस्थानमा थियो र सोही सेन्टरलाई सुविधासम्पन्न भवनमा नयाँ सजावटका साथ सञ्चालनमा ल्याइएको हो ।
नयाँ सञ्चालनमा आएको एनसेल सेन्टरमा पर्सा, बारा र रौतहटका लागि एनसेलको क्षेत्रीय कार्यालय पनि सञ्चालनमा ल्याइएको कस्टमर एक्सपेरियन्स मेनेजर ज्योति दाहालले बताइन् । उनले आजदेखि सञ्चालनमा आएको एनसेल सेन्टरबाट प्रिपेड बिल भुक्तानी, नयाँ र फोरजी सिम वितरणलगायतका सेवाहरू उपलब्ध गराइने बताइन् । एनसेल ग्राहकलाई प्रत्यक्षरूपमा सेवा दिनका लागि नयाँ सेटअपसहितको सेन्टर सञ्चालन गरिएको दाहालले बताइन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads