परवानीपुर, ३० वैशाख/ उच्च शिक्षा हासिल नगरीकनै मेहनत मजदूरी गर्न वैदेशिक रोजगारमा जाने नेपालीहरूको सङ्ख्या बढिरहेको बेला पर्सामा एकजना गाउँमैं खेतीपाती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
पर्साको जगरनाथपुर गाउँपालिका–३ बिजवनियाका ५३ वर्षीय अभय यादवले विगत २५ वर्षदेखि गाउँमैं आधुनिक प्रविधिसहित कृषिकर्म गर्दै राम्रो आम्दानी गरिरहेको बताएका छन् । उनले बर्सेनि १७ बिघा जग्गामा मेशीनबाट धान, गहुँ लगाउँदै आएका छन् । सोबाट वर्षमा २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए ।
यस वर्ष पनि उनले १७ बिघा जग्गामा मेशीनबाट गहुँ लगाएका थिए । २०५४/५५ सालमा वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसबाट बायोलोजीमा बिएस्सी अध्ययन गरेर प्राविधिक रोजगारतर्पm पाइला चालेका यादव पूर्वजहरूले गाउँमा गर्दै आएको खेती किसानीतर्पm आकर्षित भए र पछिल्लो समय वीरगंजको रानीघाटस्थित कृषि अनुसन्धान केन्द्रको प्रेरणामा मल्चिङ र मर्चर मेशीनको सहायताले खेतीपाती गर्दै आएको बताए ।
यसपालि उनले श्रीराम ३०३ जातको गहुँबाट प्रतिकट्ठा १४० किलो गहुँ उत्पादन गरेको बताए । मल्चिङ प्रविधिबाट पूरै खेत जोत्नुपर्दैन । यो प्रविधिबाट प्रतिकट्ठा साढे चारदेखि पाँच किलो बीउ, सात किलो युरिया, दुई किलो पोटास लगाउनुपर्छ भने दुईपटक सिंचाइ गर्नुपर्छ । सबैभन्दा पहिले खेतमा पानी सिंचाइ गरेपछि खेत जोत्नुको सट्टा मल्चिङ मेशीनको सहायताले बीउ र रासायनिक मल छर्नुपर्छ । यसले दैनिक ज्यालादारीमा लाग्ने कामदारको खर्च पनि कटौती हुने र आम्दानी पनि बढ्ने उनले बताए ।
यसै वर्ष श्रीलङ्कामा आयोजित आधुनिक प्रविधिबाट गरिने कृषिकर्मको भ्रमण अवलोकन गरेको यादवले बताए ।

Facebook Comments Box