search

एभरेस्ट बैंकविरुद्ध कलैयामा प्रदर्शन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ वैशाख/ कलैया उपमहानगरपालिकामा रहेको एभरेस्ट बैंकमा स्थानीय ऋणीहरूले विरोध प्रदर्शन गरेका छन् । बैंकले ऋणीहरूलाई साँवा र ब्याजका लागि ताकेता गरेर मानसिक यातना दिएको आरोपसहित स्थानीय ऋणीहरूले सोमवार भरतचोकबाट विरोध प्रदर्शन गर्दै गढीमाई जाने सडकमा रहेको एभरेस्ट बैंकअगाडि प्रदर्शन गरेका थिए ।
उनीहरूले बंैक मैनेजरको पुतला दहन गर्दै बैंकमा ढुङ्गामुढा पनि गरेका थिए । प्रदर्शनकारीहरूले बैंकले साँवाको ब्याजमा ब्याज थप गरेर आठ प्रतिशतको ब्याजलाई २४ प्रतिशत पारेको र ऋणीहरूलाई साँवा र ब्याजको लागि निरन्तर ताकेता गरेर मानसिक यातना दिएका कारण केहीले आत्महत्या पनि गरेको र केही मानसिक रोगी बनेका उनीहरूले आरोप लगाएका थिए ।
प्रदर्शनकारीहरूले बंैक सरह केही लघुवित्तहरूले पनि ऋणीहरूलाई निरन्तर ताकेता गरेको आरोप लगाएका थिए । उनीहरूले बैंक र लघुवित्तहरूले व्यवहारमा सुधार नगरे सशक्त आन्दोलन चर्काउने चेतावनी दिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads