search

स्टार क्रिकेटर सन्दिप लामिछानेले पाए सफाई

पढ्न छुटाउनुभयो ?

वीरगंज,जेठ २/ उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको छ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाण्डू जिल्ला अदालतले दिएको फैसलालाई उल्ट्याएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताए।
उमेर नपुगेको सरकारी पक्षको दाबी प्रमाणित नहुने र संलग्न सबुदप्रमाणले जबरजस्ती करणी गरेको पुष्टि नगर्ने देखिएको भन्दै अदालतले लामिछानेलाई सफाइ दिएको अदालत स्रोतले बताएको छ।
यसअघि उच्च अदालत पाटनले नै गत पौष २८ गते २० लाख रुपैयाँ धरौटी लिई लामिछानेलाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads