search

spot_img
spot_img

चोरी घटनामा नबिल बैंकको कमजोरी रहेको दाबी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २ जेठ/ वैशाख १८ गते राति नबिल बैंक बाइपास शाखाको चोरी प्रकरणमा पर्सा प्रहरीले बैंकको लापरवाही औंल्याएको छ ।
पर्साका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बाइपास शाखामा नबिल बैंकले सुरक्ष्Fागार्ड नराखेको र सूचना उपकरण पनि जडान नगरेको कारण चोरी भएको बताए ।
उनले बैंकजस्तो संवेदनशील संस्थाले सुरक्ष्Fागार्ड नराख्नु र बैंकमा हुने सम्भावित चोरी सम्बन्धमा सूचना दिने उपकरण जडान नगर्नु बैंकको चरम लापरवाही भएको बताए । उनले महानगरमा भएका अन्य बैंकहरूले यस्तो लापरवाही नगरेको जानकारी गराएका छन् ।
नबिल बैंक बाइपास शाखामा वैशाख १८ गते राति एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । सो चोरी सम्बन्धमा पर्सा प्रहरीले रौतहट, मौलापुर नगरपालिका–७ निवासी छोटेलाल साह कलवार, २६ वर्षीय सञ्जय साहलाई पक्राउ गरेको थियो । यो प्रकरणमा सोही ठाउँ निवासी विश्वम्भर साह मुख्य अभियुक्त रहेको र निजको खोजी भइरहेको प्रउ ढुङ्गेलले बताए । उनले पक्राउ परेकाहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रियामा रहेको बताएका छन् ।
नबिल बैंक बाइपास शाखामा भएको चोरी सम्बन्धमा भारतको मोतिहारी पुलिसले १८ लाख २३ हजार नेरुसहित तीनजनालाई पक्राउ गरेको थियो ।
सविता देवी, मन्टुकुमार र अर्जुनकुमारलाई पक्राउ गरेको मोतिहारी पुलिसले जनाएको थियो । उनीहरू तीनैजना भारतीय हुन् । यो घटनामा तीनजना नेपाली र तीनजना भारतीय संलग्न देखिएका छन् । भारतमा पक्राउ परेका तीनैजनाविरुद्ध मोतिहारी पुलिसले मुद्दा दर्ता गरिसकेको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads