search

spot_img
spot_img

ठाराब क्याम्पसका संस्थापक र दाताको प्रतिमा स्थापित

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ जेठ/ वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा क्याम्पसका संस्थापक तथा दाताहरूको प्रतिमा बिहीवार अनावरण गरिएको छ।
क्याम्पसका संस्थापक एंव दाताद्वय स्व महावीरप्रसाद र स्व रघुवीररामको अर्धकदको प्रतिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजङ्ग बरालले अनावरण गरेका थिए। त्रिभुवन विश्वविद्यालयभन्दा जेठो ठाकुर राम बहुमुखी क्याम्पस विसं २००९ सालमा स्थापना भएको थियो। वीरगंजका समाजसेवी एवं शिक्षाप्रेमीद्वय महावीरप्रसाद र रघुवीर रामले आप्mना पिता स्व ठाकुर रामको स्मृतिमा १७ बिघा जग्गामा भवन निर्माण गरी क्याम्पसको स्थापना गरेका कार्यक्रममा जानकारी गराइएको थियो।
स्थापनाको बेला भारत, बिहारको पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको ठाराब क्याम्पसले २०१६ सालदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको थियो। क्याम्पसका संस्थापक एवं दाताद्वय स्व महावीरप्रसाद र स्व रघुवीर रामले पिता स्व ठाकुर रामको स्मृतिमा २००१ सालमा बाराको अमलेखगंजमा ठाकुर राम प्राथमिक विद्यालय, २००७ सालमा वीरगंजका श्रीपुरमा नेपाल राष्ट्रिय विद्यापीठ मावि र बिर्तामा महावीरप्रसाद रघुवीर राम त्रिजुद्ध मावि स्थापनामा पनि जग्गादानका साथै आर्थिक सहयोग गरेका थिए।
क्याम्पस प्रमुख रणजीत यादवको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुख केदार साह, ललन द्विवेदी, प्रमोद कुशवाहालगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय कार्यकारिणी सदस्य सुबोध गुप्तालगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि वीरगंजका निजी अस्पतालहरू बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने

वीरगंज, ९ भदौ । पर्सा जिल्लामा झाडापखाला जन्य रोग (हैजा) को प्रकोप बढ्दै गएसँगै वीरगंजका निजी स्वास्थ्य संस्थाहरुले आवश्यक...

सम्बन्धित खबर

- Advertisement -neelambads