search

spot_img
spot_img

पर्सा पूर्ण खोप जिल्ला घोषणा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ जेठ/ पर्सा जिल्ला पूर्णखोप जिल्ला घोषित भएको छ। बिहीवार वीरगंजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोद यादवले पर्सा जिल्लालाई पूर्णखोप जिल्ला घोषित गरेका थिए।
खोप समन्वय समितिका प्रमुख डा मुक्तिनारायण साहले लामो प्रयासपछि पर्सा जिल्ला पूर्णखोप जिल्ला घोषणा भएको बताए। उनले सन् २०२२ मा नेपाल जनसङ्ख्या, स्वास्थ्य सर्वेक्षण अनुसार चार प्रतिशत बालबालिका पूर्णखोपबाट वञ्चित रहेको बताए। जिल्ला खोप समन्वय समिति, पर्साका प्रवक्ता खोप अधिकृत जयमोद ठाकुरले कोरोना महामारीको कारण चारवटा पालिकाका बालबालिकालाई खोप लगाउन नसकेकोमा अहिले ती चारवटै पालिकालाई पूर्णखोप पालिका घोषित गरेर जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गर्न सकेको बताए।
२०७४ वैशाख २७ गते पर्सा जिल्लाको पोखरिया नगरपालिका सर्वप्रथम पहिलो पूर्णखोप पालिका घोषित भएको उनले बताए। उनले २०८० माघ २९ मा कालिकामाई गापा जिल्लाको अन्तिम पूर्णखोप पालिका घोषित भएको बताए। कोरोनाकालपछि पटेर्वासुगौली, पकाहामैनपुर, विन्ध्यवासिनी, धोबिनी र कालिकामाई गरी पाँचवटा पालिका पूर्णखोप घोषित भएका र सोसँगै अहिले जिल्ला पूर्णखोप घोषणा गर्न सकिएको बताए। गएको वैशाख महीनामा पाँच वर्षमुनिका ४० हजार ४६३ जना बालबालिकालाई छुट खोप दिइएको उनले बताए। पूर्णखोप सुनिश्चितताका लागि दादुरा, रुबेला, हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्प्mलुएन्जा, लहरे खोकी, भ्यागुतो रोग, निमोनिया र पोलियो गरी नौवटा रोगका १३ प्रकारका खोप बालबालिकलाई निश्शुल्क उपलब्ध गराइएको उनले जानकारी गराए।
जिल्ला समन्वय समिति पर्साका संयोजक नीरजकुमार सर्राफको अध्यक्ष्Fतामा भएको कार्यक्रममा खोप समन्वय समिति, पर्साका संयोजक पुरन कुर्मी, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक राजीव झालगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण नीलिमा पौडेलले गरेकी थिइन्।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

करेन्ट लागेर दुईजनाको मृत्यु

वीरगंज, ६ साउन । ई–रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षीय...

सम्बन्धित खबर

- Advertisement -neelambads