search

चेसको उपाधि बाराका खाँले जिते

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ जेठ/ काठमाडौंमा सम्पन्न युनाइट नेपाल थ्रु चेस प्रतियोगिताको उपाधि बाराका कृष्णकुमार खाँले जितेका छन्।
खाँले उपाधिसँगै ट्रफी र नगद २० हजार जिते। शनिवार सम्पन्न नौ चरणको खेलमा समान आठ अङ्क भएपनि टाइब्रेकरमा मोरड्ढा लोकसागर साम्बालाई पराजित गर्दै खाँले उपाधि जितेका हुन्। दोस्रो हुने साम्बा र तेस्रो हुने पाँचथरका रिसोन थापालाई क्रमशः १५ हजार र १० हजार नगद र ट्रफी प्रदान गरिएको थियो।
महिलातर्फ काठमाडौंकी एन्जेल महर्जन प्रथम र सिन्दिरा जोशी दोस्रो भए। प्रतियोगिताका विजेता खेलाडीहरूलाई कार्यक्रम संयोजक डा मोहनसिंह प्रधान, नेपाल चेसका अग्रज सीताराम अग्रवाल, फिडे ट्रेनर केशव श्रेष्ठलगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए। अन्नपूर्ण माविमा सञ्चालित प्रतियोगिताका उत्कृष्ट २६ जना खेलाडीको लागि कुल एक लाख १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो।
प्रतियोगितामा ५० जिल्लाका १८५ जना खेलाडी सहभागी थिए। हिजोदेखि शुरू भएको प्रतियोगिता आज समापन भएको आयोजकले जनाएको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads