search

spot_img
spot_img

बिहारले जित्यो घोडादौडको उपाधि

पढ्न छुटाउनुभयो ?

पर्सा, ६ जेठ । वीरगंजमा पहिलो पटक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ भने भारत बिहारको घोडाले दौडको उपाधि जितेर लगेको छ । वीरगंज–१६ नगवामा आइतवार विपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले आयोजना गरेको घोडा दौड प्रतियोगितामा भारत बिहारको मोतिहारीका नन्दकिशोर सहनीको घोडा प्रथम भएको छ ।
भारत बिहारकै रामगढवा भेडिहारीका जोगिन्द्र यादवको घोडा दोस्रो र नेपालको बाराको कलैया सिसवा महेशपुरका कृष्ण मुरारी यादवको घोडा तेस्रो भएको छ।
पाँच किलोमिटर दुरीको घोडा प्रतियोगितामा प्रथम भएको घोडसवारलाई ४० लिटरको कुलर, दोस्रो हुन सफल घोडसवारलाई ३० लिटरको कुलर र तेस्रो स्थान प्राप्त घोडसवारलाई स्टयान्ड फ्यान पुरस्कार प्रदान गरिएको मञ्चका पर्सा अध्यक्ष हरिन्द्र यादवले बताए ।
नगवामा आयोजित नौं दिने शिवशक्ती रूद्र महायज्ञको अवसरमा आयोजित घोडा दौड प्रतियोगितामा नेपाल र भारतका गरी २५ वटा घोडाले भाग लिएका थिए।
घोडा दौड प्रतियोगिताको उदघाटन मधेस प्रदेशसभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए।मञ्चका अध्यक्ष यादवको अध्यक्षतामा भएको घोडा दौड प्रतियोगिताको उदघाटन र समापन समारोहमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस नेताहरू दिना गुप्ता,सन्तोष सिंह, मनोहर साह लगायतकोपनि उपस्थिति थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

भारतीय पर्यटकलाई सहजीकरण गर्न मन्त्री कुशवाहाको निर्देशन

वीरगंज, २९ असार । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. वसन्त कुशवाहाले मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन...

सम्बन्धित खबर

- Advertisement -neelambads