search

spot_img
spot_img

खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु

पढ्न छुटाउनुभयो ?




ताप्लेजुङ  । ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ । पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु भएको हो ।

महोत्सवको अन्तिम दिन सोमबार खुला म्याराथन तथा महिला हाफ म्याराथन बिहान करिब ७ः३० बजे सुरु भएको हो । म्याराथन खुलातर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने दूरी निर्धारण गरिएको छ । खुला म्याराथनका लागि करिब ४७ किलोमिटर दूरी रहेको बताइएको छ ।

यस्तै, महिला हाफ म्याराथनतर्फ सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म पुगेर फुङ्लिङ बजार नै आइपुग्नुपर्ने छ । महिला हाफ म्याराथनका लागि दूरी करिब ३६ किलोमिटर हुने आयोजकले जनाएको छ । यता खुला म्याराथनमा ११३ जना र महिला हाफ म्याराथनमा ४७ जना प्रतिस्पर्धी सहभागी भएको म्याराथन उपसमिति संयोजक विनोद भारतीले जानकारी दिनुभयो ।

खुला म्याराथनका विजेताले एक लाख ५१ हजार १११ रुपियाँ, उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै महिला हाफ तर्फका विजेताले ८१ हजार १११ र उपविजेताले नगद ५१ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । सोमबार बिहानैदेखि पानी परेका कारण मौसम भने केही प्रतिकुल भएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजमा शिक्षक क्षमता अभिवृद्धिको लागि सम्मेलन

वीरगंज,२८ असार । काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा वीरगंजमा एक दिने शिक्षक सम्मेलन सम्पन्न भएको छ । क्लार्क रिसोर्टमा...

सम्बन्धित खबर

- Advertisement -neelambads