search

spot_img
spot_img

प्रतिपक्षीको विरोधकाबीच प्रधानमन्त्री प्रचण्डले प्राप्त गर्नुभयो विश्वासको मत

पढ्न छुटाउनुभयो ?




काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नु भएको छ । 

प्रमुख प्रतिपक्षी लगायतका प्रतिपक्षीदहरुको विरोधकाबीच प्रधानमन्त्री प्रचण्डले राख्नु भएको विश्वासको मत प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो ।

विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा शुन्य र मत दिन्न भन्ने पक्षमा जम्मा १ मत परेको थियो । विश्वासको मतको प्रस्तावमाथि प्रमुख प्रतिपक्ष कांग्रेस लगायतका केही प्रतिपक्षदलका सांसदहरुले भने मतदान गर्नु भएन ।

प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र हालै विभाजित भएर गठित जनता समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुले समर्थन जनाउनु भएको थियो ।

मतदानमा १५८ सांसदहरुले भाग लिनु भएको थियो । 

प्रस्तावमाथि मतदान जारी रहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलका सांसदहरुले नाराबाजीसहित विरोध जनाइरहनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरूले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको भन्दै संसदीय समिति गठनको माग राख्दै संसद्को बैठक अवरुद्ध गर्दै आइरहेको छ । 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

२१२औं भानुजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम

वीरगंज २९ असार । नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगंज पर्साले आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads