search

जलेश्वरस्थित कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी

पढ्न छुटाउनुभयो ?

महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।

भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् ।

विसं १९१३ सालमा निर्मित कारागारमा एक सय ३५ जनालाई राख्न सकिने भए पनि हाल पाँच सयभन्दा बढी सङ्ख्यामा कैदीबन्दी राखिएका छन् । कारागार प्रमुख (जेलर) रामचन्द्र साहले क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सोअनुसार व्यवस्थापन नहुँदा समस्या भएको बताउनुभयो ।

उहाँका अनुसार कारागारमा रहेका पाँच सय ९४ कैदी बन्दीका लागि २४ कोठा, १५ शौचालय, सातवटा चापाकल र छवटा धारा छन् तर क्षमताभन्दा चार गुना  बढी कैदीबन्दी हुँदा सुत्न, बस्न र नित्यकर्म गर्नसमेत समस्या छ । “करिब डेढ फिट चौडा कोठामा धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्दा धेरै समस्या छ । पछिल्लो समय कारागारलाई सुधार गृहको अवधारणाअनुसार विकास गर्नुपर्नेमा पठनपाठन, खेलकुद र मनोरञ्जनको व्यवस्थाका लागि सोच्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

प्रदेश राजधानी रहेको धनुषामा कारागार नहुँदा त्यहाँको चाप पनि यही काराकारले धान्नुपरेको छ । कूल कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै कैदीबन्दी रहेका छन् । “हामीले कारागारको भौतिक अवस्था र कैदीबन्दीको चाप, पूर्वाधारलगायत समस्याबारे माथिल्लो निकायमा दैनिकजसो जानकारी गराइरहेका छौँ तर सुनुवाइ भएको छैन”, कारागार प्रमुख साहले गुनासो गर्नुभयो ।

जलेश्वरमा कारागारसँग छ बिघा ११ कट्ठा १७ धुर जग्गा छ । सो जग्गामा  सुविधा सम्पन्न भवन तथा खुला कारागारको अवधारणाअनुसार पूर्वाधार निर्माण गर्न माथिल्ला निकायमा प्रस्ताव पठाइएकाले त्यसको कार्यान्वयन हुनुपर्ने साहले बताउनुभयो। रासस

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads