search

spot_img
spot_img

पर्साका १४ पालिकालाई ८ अर्ब ३५ करोड ५८ लाख रकम निकासा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज । वीरगंज महानगरपालिका सहित पर्साका १४ पालिकामा चालु आर्थिक वर्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले संघ सरकारबाट प्रदान गरिने चालू तथा पूँजीगत शीर्षकको विनियोजित रकम पठाएको छ ।

पर्सा जिल्लाका १४ वटा पालिकाको लागि सरकारले चालु र पूँजीगत तर्फ १० अर्ब ३८ करोड १६ लाख २० हजार ७३६ रकम विनियोजित गरेको र त्यसमध्ये सरकारको निर्णय अनुसार ८ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ पठाएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ ।

वीरगंज महानगरपालिकाको लागि चालूतर्फ ५६ करोड ५१ लाख ९८ हजार विनियोजित गरेकोमा ४२ करोड ३३ लाख पठाएको छ ।

यसैगरी, पर्सागढी नगरपालिकालाई ६ करोड २३ लाख, पोखरिया नगरपालिकालाई ८ करोड ८४ लाख, बहुदरमाई नगरपालिकालाई ९ करोड ७७ लाख, कालिकामाई गाउँपालिकालाई ६ करोड ३६ लाख छिपहरमाईलाई ७ करोड आठ लाख जगरनाथपुरलाई ९ करोड २४ लाख पठाएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका मनीष गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी जीराभवानीलाई ७ करोड तीन लाख, ठोरीलाई ६ करोड ९० लाख, धोबिनीलाई ६ करोड ४६ लाख, पकाहामैनपुरलाई ६ करोड ४७ लाख, पटेर्वासुगौलीलाई ५ करोड ८० लाख, विन्दवासिनीलाई ६ करोड ६० लाख र सखुवाप्रसौनीलाई ५ करोड ५८ लाख पठाइएको कोलेनिकाले जनाएको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो- गृहमन्त्री लेखक

पर्सा, १६ भदौः गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताउनुभएको...

सम्बन्धित खबर

- Advertisement -neelambads