search

spot_img
spot_img

सेपाकताक्रो विश्वकप : नेपाल डबल इभेन्टको सेमिफाइनलमा

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत डबल इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बङ्गलादेशलाई सोमबार २–१ ले हराएपछि नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको हो । नेपालले बङ्गलादेशलाई १५–१०,१३–१५,१५–७ ले हराएको थियो। समूह विजेता चाइनिज ताइपेइसँग हारेको नेपालले श्रीलङ्कामाथि भने जित निकालेको थियो ।

नेपाली टोली आइतबार रेगु इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह एको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग २–० सेटमा पराजित भएपछि समूह उपविजेताका रुपमा नेपाल अन्तिम ४ मा पुगेको हो । नेपाल ६–१५ र १२–१५ ले पराजित भएको थियो ।
रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर छन् ।
२१ राष्ट्रको सहभागिता रहेको खेलमा नेपाल डिभिजन वानमा छ । त्यसमा कुल ९ राष्ट्र र प्रिमियरमा १२ राष्ट्र छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

भारतीय पर्यटकलाई सहजीकरण गर्न मन्त्री कुशवाहाको निर्देशन

वीरगंज, २९ असार । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. वसन्त कुशवाहाले मधेश प्रदेशका आठवटै जिल्ला प्रशासन...

सम्बन्धित खबर

- Advertisement -neelambads