search

spot_img
spot_img

मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन

पढ्न छुटाउनुभयो ?

पर्सागढी, ७ जेठ/ पर्सा जिल्लाको वीरगंज महानगर र पर्सागढी नगरपालिकामा रहेको तीनवटा खोलामा मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेको छ।
जेठको पहिलो साता बित्न लाग्दा अहिले तीनवटै खोलामा वातावरणीय परीक्ष्Fण प्रतिवेदनविपरीत उत्खनन कार्य भइरहेको छ। ठेकेदारले कामदारहरू लगाएर खोलाको किनारसम्म उत्खनन गराइरहेका छन् भने ट्याक्टरमा नदीजन्य पदार्थ तोकिएको मापदण्डभन्दा बढी सङ्कलन भइरहेको छ।
वीरगंज महानगरसँग ठेकेदारले गरेको सम्झौतामा बिहान घाम उदाएदेखि साँझ घाम अस्ताएसम्म नदीजन्य पदार्थको तोकिएको मापदण्डमा रहेर उत्खनन गर्ने व्यवस्था भएपनि सोविपरीत घाम नउदाउँदै एकाबिहानैदेखि ठेकेदारले नदीजन्य पदार्थको उत्खनन गर्दै आएका छन् भने घाम अस्ताइसकेपछि पनि रातिसम्म उत्खनन जारी राखेका छन्।
यही जेठ मसान्तदेखि नदीजन्य पदार्थको उत्खनन बन्द हुन्छ र असोज १ गतेदेखि खुला हुन्छ।
पर्सा जिल्लाका छवटा खोलामा उत्खननका लागि वातावरणीय परीक्ष्Fण प्रतिवेदन तयार भएपनि तीनवटा खोलामा मात्र ठेक्का लाग्न सकेको छ। पर्सागढी नगरपालिका–२ मा रहेको सिंगाही खोलामा मात्र ठेक्का लागेको छ र त्यहाँ पनि ठेकेदारले सम्झौताविपरीत नदीजन्य पदार्थको उत्खनन गर्दै आएको छ। ठेक्का दिएपछि सो कार्यको अनुगमन गर्ने जिम्मेवारी पालिकाको हो।
उपप्रमुखको नेतृत्वमा अनुगमन समिति बनेको छ तर अनुगमन भएको छैन। भेडाहा खोलामा पनि महानगरका उपप्रमुखले अनुगमन गर्न सकेका छैनन्, जसले गर्दा ठेकेदारहरूबाट नदीजन्य पदार्थको चरम दोहन भइरहेको छ।
पालिकाले अनुगमन नगर्दा जिल्ला समन्वय समितिले अनुगमन गर्नुपर्ने हो तर जिल्ला समन्वय समिति, पर्साले पनि ठेक्का लागेका र नलागेका खोलाहरूको अनुगमन गरेको छैन।
पर्सामा छवटा खोला छन् र दुईवटा खोलामा मात्र नदीजन्य पदार्थ उत्खननको ठेक्का लागेको छ। चारवटा खोलामा पालिकाहरूको आपसी विवादले ठेक्का लाग्न सकेको छैन र ठेक्का लागे पनि अदालती विवादमा अल्झिएर सञ्चालनमा छैन।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads