search

spot_img
spot_img

निर्वाचनपछि समानान्तर गतिविधि गर्नु महाअपराध : मुख्यमन्त्री अधिकारी

पढ्न छुटाउनुभयो ?

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले निर्वाचनपछि पनि समानान्तर गतिविधि गर्नु महाअपराध भएको बताउनुभएको छ ।

नेकपा (एमाले) कास्की जिल्ला कमिटीले मङ्गलवार पोखरामा आयोजना गरेको सहिद कृष्ण बहादुर भुजेलको २७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले चुनावपछि समानान्तर गतिविधि नगर्न सचेत गराउनुभयो ।

पार्टीलाई सुदृढ र बलियो बनाउन संवेदनशील बन्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै अधिकारीले राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न एकताबद्ध बलियो पार्टी आवश्यक भएकोमा जोड दिनुभयो ।

सहिद परिवार पार्टीप्रति दृढ रहेकै कारण पार्टी यहाँसम्म आइपुगेको भन्दै उहाँले सहिदका सपना पुरा गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

सहिद कृष्ण भुजेल स्मृति प्रतिष्ठान कास्कीका संयोजक विष्णु बरालले प्रतिष्ठान मार्फत गर्न खोजेका कामको बारेमा जानकारी गराउनुभएको थियो । प्रतिष्ठानले ५ लाख रुपैयाँको अक्षयकोष निर्माण गर्ने लक्ष्य लिएको छ । कोषको लागि आफ्नो एक महिनाको तलब उपलब्ध गराउने प्रतिबद्धता मुख्यमन्त्री अधिकारीले गर्नुभयो ।

सोही कार्यक्रम मार्फत सहिद कृष्ण बहादुर भुजेल स्मृति छात्रवृत्ति लक्ष्मी माविकी छात्रा मनिषा सुवेदी र जनज्योति माविकी छात्रा आशिका पौडेललाई हस्तान्तरण गरियो ।

नेकपा (एमाले) कास्की जिल्ला कमिटीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा, उपाध्यक्ष भेषराज बरालले स्वागत तथा सचिव दर्शन लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तत्कालीन राखी गाविसका भुजेलमाथि २०५४ साल जेठ ४ गते पोखरा २८ कालिका झाँझरमारेमा साङ्घातिक आक्रमण भएको थियो । आक्रमणबाट सख्त घाइते हुनुभएका भुजेलको उपचारको क्रममा जेठ ८ गते १७ वर्षको उमेरमा निधन भएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads