search

राष्ट्रियसभाको बैठक स्थगन

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो १ः१५ मिनेटका लागि तय भएको बैठक विशेष कारण बस्न नसकेको भन्दै संसद् सचिवालयले सूचना प्रकाशन गरेको छ । 

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएको छ । उक्त समिति गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताबीच समझदारी भए पनि समितिको कार्यक्षेत्र निर्धारणका विषयमा कार्यदलस्तरमा सहमति जुट्न नसक्दा राजनीतिक अवरोध हुँदै आएको छ । 

राष्ट्रियसभाको अर्को बैठक यही जेठ ११ गते शुक्रबार अपराह्न  १ः१५ मिनेटमा बस्ने छ । रासस

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads