search

spot_img
spot_img

पर्सामा राष्ट्रिय खोप अभियानको तीव्र तयारी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ जेठ/ यही जेठ १३ गतेदेखि शुरू हुने राष्ट्रिय पोलियो खोप अभियानको लागि पर्सा जिल्लामा तयारी तीव्र गतिमा भइरहेको छ।

स्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन खोप अधिकृत जयमोद ठाकुरले पर्सा जिल्लामा राष्ट्रिय खोप अभियान–२०८१ दुई चरणमा हुन गइरहेको बताए। उनले पहिलो चरणमा जेठ १३–१६ गतेसम्म वीरगंज महानगरका वडा १ देखि १६ सम्म, बहुदरमाई नगरपालिका, छिपहरमाई, पकहामैनपुर, धोबिनी, विन्ध्यवासिनी, ठोरी गाउँपालिका गरी आठवटा पालिकामा तथा जेठ २०–२७ गतेसम्म बाँकी छवटा पालिकामा खोप अभियान सञ्चालन हुने बताए।

उनले खोप अभियानको लागि जनशक्ति तयार गर्ने कार्य शुरू भइसकेको बताए। यसअघि १४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुख र ११२ जना स्वास्थ्य इन्चार्जहरूलाई खोपबारेमा अभिमुखीकरण तालीम दिएको अधिकृत ठाकुरले बताए।

यसैगरी, आजदेखि जेठ ११ गतेसम्मको तालिका बनाएर ठोरी गापाबाट अभिमुखीकरण तालीम शुरू भएको उनले बताए। अभिमुखीकरण कार्यक्रममा पहिलो चरणको खोप अभियानको लागि ११० जना खोप कार्यकर्ता र ३२८ जना शिक्षक गरी ४३८ जना जनशक्ति तयारी हुँदै गरेको बताए।

पहिलो चरणको लागि आठवटै पालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिने उनले बताए।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साह, फोकल पर्सन ठाकुर, कोल्डचेन अधिकृत मोहनलाल साह र जनस्वास्थ्य अधिकृत मल्लिका श्रेष्ठले अभिमुखीकरण गराउँदै आएका छन्।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

विद्यालयको गौरव र अनुशासनको पहिचान बन्नुहोस् -प्रहरी निरीक्षक चौलागाई

वीरगञ्ज २८ साउन । मदरल्यान्ड स्कुलमा आज विशेष समारोहका बीच कक्षा मनिटर, हेड ब्वाज...

सम्बन्धित खबर

- Advertisement -neelambads