search

spot_img
spot_img

पोखरामा प्रदेश स्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु

पढ्न छुटाउनुभयो ?




पोखरा । पोखरामा प्रदेश स्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा गण्डकी प्रदेश बास्केटबल सङ्घको सञ्चालन तथा व्यवस्थापनमा आजदेखि सुरु भएको उक्त खेलको उद्घाटन खेलमा कास्कीले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा आज भएको उद्घाटन खेलमा कास्कीले लमजुङलाई पराजित गरी विजयी सुरुवात गरेको हो ।

यसअघि उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गरी गर्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ जिल्लाको सहभागिता रहेको महासचिव बिष्णु बहादुर गुरुङले जानकारी दिनुभयो । शनिबारसम्म चल्ने प्रतियोगिताबाट दशौँ राष्ट्रिय खेलकुदको लागि खेलाडीहरू समेत छनौट गरिने भएको संघ प्रदेशका उपाध्यक्ष किरण सापकोटाले बताउनुभयो ।

नेपाल भलिबल संघका सल्लाहकार एवं टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले उक्त बास्केटबल कोर्टलाई अब ईण्डोरकोर्ड बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त परियोजनाको लागि करिब ३० लाख बजेट आवश्यक हुने बताउनुभयो ।

Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

‘धरानको खानेपानी समस्या समाधानका लागि सहकार्य जरुरी छ’ : मन्त्री यादव

धरान, २ साउनः खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सबै सरोकार भएका निकाय तथा स्थानीयबीच...

सम्बन्धित खबर

- Advertisement -neelambads