search

नागरिकता छानबिनको विषयलाई प्रेस स्वतन्त्रतासँग जोड मिल्दैन: अध्यक्ष ओली

पढ्न छुटाउनुभयो ?




विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता छानबिनको विषयलाई प्रेस स्वतन्त्रतासँग जोडन नमिल्ने बताउनु भएको छ । 

विराटनगरस्थित एमाले पार्टी कार्यालय परिसरमा निर्माण गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल, मनमोहन अधिकारी तथा मदन भण्डारीको शालिक अनावरण पछि पत्रकारसँग आज संक्षिप्त कुरा गर्नुहुँदै अध्यक्ष ओलीले  नागरिकताका विषयमा छानविन प्रक्रिया अगाडि बढाउँदैमा प्रेस स्वतन्त्रता हनन भयो भन्न नमिल्ने बताउनुभयो । उहाँले नागरिकता छानबिनको विषय प्रेससँग सम्बन्धित नरहेको प्रष्ट पार्नुभयो । 

अध्यक्ष ओलीले यो सबै कुरालाई नेपाली काँग्रेसले गलत रुपमा लिन नहुने बताउनुभयो । एक प्रश्नमा उहाँले नेपाली कांग्रेस जिम्मेवार पार्टी भएकाले यस्ता कुरालाई लिएर काँग्रेसले सडकमा मान्छे उतार्छु भन्नु जरुरी नभएको र काँग्रेसले त्यसो गर्न नहुने बताउनुभयो ।

शालिक अनावरण तथा पार्टी कार्यकर्ता भेला कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल, मनमोहन अधिकारी तथा मदन भण्डारीको योगदानका चर्चा गर्नु हुँदै नेकपा एमालेलाई एकताबद्ध र क्रियाशील बनाउन पार्टीको पक्षमा एक भएर उभिन्न कार्यकर्तालाई आग्रह गर्नुभयो । 

उहाँले नेकपा एमाले मुलुकको निर्णायक शक्ति भएकाले पार्टीको पक्षमा सबै नेता तथा कार्यकर्ता खम्बा जस्तै भएर उभिनुपर्ने बताउनुभयो । ‘संवृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाऊ’ आफ्नो पार्टी प्रतिबद्ध भएर लागेको उहाँको भनाई थियो ।

Facebook Comments Box

ताजा खबर

कोलकाताका एजेन्टहरूको भुक्तानी नेपाली व्यापारीले नदिएको आरोप

राधेश्याम पटेल वीरगंज, १० मंसिर । भारतको कोलकाता बन्दरगाहबाट नेपाली व्यापारीहरूको आयातीत वस्तु छुटाउने कार्यमा खटेका नेपाली एजेन्टहरूलाई यहाँका व्यापारीहरूले...

सम्बन्धित खबर

- Advertisement -neelambads