search

spot_img
spot_img

रारा गोल्डकप सुरु : डाँगिहाट युथ क्लबको विजयी सुरुवात

पढ्न छुटाउनुभयो ?




धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ६ राजारानीमा सुरु भएको रारा गोल्डकप फुटबल प्रतियोगिताको ११ औँ संस्करणमा मोरङको डाँगिहाट युथ क्लबले विजयी सुरुवात गरेको छ। रारा फुटबल क्लब आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धनकुटाको डाँडाबजार युथ क्लबलाई ५–१ गोलले पराजित गर्दै डाँगिहाट विजयी भएको हो। बिहीबार सम्पन्न खेलमा डाँगिहाटले पहिलो हाफको २३ औँ मिनेटमा मार्टिन गरेको गोलबाट अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफमा कुनै पनि गोल भएको थिएन। त्यसपछि भएको खेलको ७० मिनेटमा भुवन बस्नेतले, ७६ औँ मिनेटमा असिम राईले, ७९ औँ मिनेटमा सुशील राईले र दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पुन असिम राईले गोल गर्नुभएको थियो।

खेलको ८५ औँ मिनेटमा डाडाबजार फुटबल क्लबका ओसकाले सान्त्वना गोल गर्नुभएको थियो। खेलको म्यान अफ द म्याच डाँगिहाटका असिम राई घोषित हुनुभयो। उहाँले नगल ७ हजार पुरस्कार पाउनु भएको छ। पराजित भएसँगै डाँडाबजार युथ क्लब घर फर्किएको छ। प्रतियोगिताको दोस्रो खेल शुक्रबार दिउँसो बिर्तामोड युनाइटेड क्लब झापा र रियल स्टार युथ क्लब हेटौँडा बीच हुने आयोजकले जनाएको छ।

आगामी १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिनुभयो। गत वर्ष भएको १० औँ संस्करणमा विजेतालाई तीन लाख र उपविजेतालाई डेढ लाख पुरस्कार प्रदान गरिएको थियो। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मालपोत पर्साले गर्यो ४९ विघा जग्गा सरकारको नाममा कायम

राधेश्याम पटेल, ३१ असार । मालपोत कार्यालय पर्साले चालु आव २०८१–०८२ मा झण्डै ४९ विघाभन्दा बढि जग्गा सरकारको नाममा कायम...

सम्बन्धित खबर

- Advertisement -neelambads