search

प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डेलगायत सहभागी हुनुहुन्छ।

सहकारी प्रकरण छानबिनका लागि संसदीय छानविन समितिको कार्यादेश तयार गर्न बसेको कार्यदलको बैठकपछि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेको हो ।

यसअघि आज बसेको कार्यदलको बैठक विना निष्कर्ष सकिएको थियो । बैठकमा नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि समितिले छानविन गर्नुपर्ने अडान लिएपछि सहमति हुन सकेको थिएन ।

प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा यीनै समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads