search

spot_img
spot_img

आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा मनोहरा युनाइटेड युथ क्लब माथि २–१ को जित दर्ता गर्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो ।

आरसी ३२ को जितमा आशिष लावतीले २०औँ मिनेटमा र किस्मत लिम्बूले ६७औँ मिनेटमा एक–एक गोल गरे । मनोहराका लागि उत्तम शाहीले इन्ज्युरी समयमा एक गोल फर्काएका थिए ।

जित पछि आरसी ३२ को १० खेलमा २२ अङ्क पुगेको छ । दोस्रो स्थानको बागमती युथ क्लबको ९ खेलमा २० अङ्क छ भने तेस्रो स्थानको पुल्चोक स्पोर्ट्स क्लबको समान ९ खेलमा १९ अङ्क छ ।

सि डिभिजनमा आइतबार दुई खेल रहेका छन् । दिनको पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीवन स्पोर्ट्स क्लब भिड्दा दिनको दोस्रो खेलमा गोलबजार स्पोर्ट्स क्लब र पुल्चोक स्पोर्ट्स क्लब भिड्ने छन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

तीनवटै ल्याब परीक्षणमा हैजा संक्रमण फैलिएको पुष्टि

वीरगंज,१० भदौं । जनकपुर र काठमाडौंको प्रयोगशालामा गरिएको कल्चर टेष्ट अनुसार वीरगजमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads