search

spot_img
spot_img

सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा सकारात्मक छलफल भएको छ ।

प्रमुख दलका शीर्ष नेताहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको जानकारी दिनुभयो ।

बैठकमा सङ्घीय संसद्को गतिरोध अन्त्य र सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समितिको टिओआर बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसँग सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।

“आजको बैठकमा छलफल सकारात्मक भएको छ”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, “नेपाली कांग्रेस सकारात्मक रुपमा प्रस्तुत भएको छ । संसद्को गतिरोध अन्त्य गर्न, संसदीय छानबिन समितिका लागि टिओआर निर्माण गर्न, गाँठो परेको विषयमा आ–आफ्नो तर्फबाट सहजीकरण गर्नेबारे सकारात्मक छलफल भयो ।”

उहाँले सत्तापक्षका तर्फबाट यसमा लचकता भएको स्पष्ट पार्दै टिओआरमा व्यक्तिको नाम किटान गर्न सम्भावना नभए पनि त्यसबीच प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राख्न खोजेको विषय पनि संसदीय छानबिन समितिको गरिमालाई कायम गर्ने गरी समझदारी भएको बताउनुभयो ।

“संसदीय छानबिन समितिको गरिमा मर्ने गरी, ओझ नै नपुग्ने गरी समिति बनाउने र नाम नै किटान गरेर टिओआर दिनु राम्रो हुँदैन भन्ने सुझाव राख्यौँ । त्यसका लागि छलफल गर्छौं । नेपाली काँग्रेसले सहजीकरण गर्ने पाटोमा भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ”, प्रमुख सचेतक बर्तौलाले भन्नुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउने विषयमा छलफल सकारात्मक भएको बताउनुभयो । “सहकारीबाट रकम अपचलन, हिनामिना र ठगी भएको विषयमा संसदीय छानबिन समिति बनाउने भन्ने कुरा भएकै छ । उक्त समिति के र कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरिनै रहनुभएको छ, त्यसबारे टुङ्गो लगाउन आजको बैठकमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखक, नेकपा (एमाले)का प्रमुख सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

तीनवटै ल्याब परीक्षणमा हैजा संक्रमण फैलिएको पुष्टि

वीरगंज,१० भदौं । जनकपुर र काठमाडौंको प्रयोगशालामा गरिएको कल्चर टेष्ट अनुसार वीरगजमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads