search

spot_img
spot_img

शीर्ष नेताहरूको बैठक : गृहमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसद्वारा प्रधानमन्त्रीसँग जवाफ माग

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध अन्त्यका लागि बोलाउनुभएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा दिनुभएको अभिव्यक्तिमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकारी पीडितका समस्या समाधान हुनेगरी संसदीय छानविन समितिको कार्यादेश तोकिनुपर्ने पार्टीको धारणा राख्दै गृहमन्त्रीले संसद्मा दिनुभएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीको जवाफ मागेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

नेता लेखकले संसदीय छानविन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगे पनि सहमति जुट्न नसकेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेलगायत सहभागी हुनुहुन्थ्यो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

ईमान्दार भएर काम गर्छु– प्रजिअ सुवेदी

वीरगंज, १० भदौ । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ईमान्दार भएर काम गर्ने बताएका छन् । पर्सामा भर्खरै सरुवा भएर...

सम्बन्धित खबर

- Advertisement -neelambads