search

spot_img
spot_img

प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ ।

बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायत अरू केही प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानमा उभिएर विरोध शुरु गरेपछि सभामुख देवराज घिमिरेले बैठक सहज रुपमा सुचारु गर्न सहयोग गर्न आग्रह गर्नुभएको थियो । 

सभामुख घिमिरेले आजको बैठकमा शुन्य समय, विशेष समय र आकस्मिक समय हटाएर नीति तथा कार्यक्रममा प्रवेश गर्ने विषयमा जानकारी गराउनु भएको थियो । 

सभामुख घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराउने भनेपछि प्रतिपक्षी दलका सांसदहरुले विरोध जारी राख्नुभएको थियो । 

सभामुख घिमिरेले नियमावली अनुसार बैठक अगाडी बढाउन लागिरहेको, सभामा उठिरहेका विषयमा सहमतिका लागि कोसिस जारी रहेको भन्दै बैठकलाई अगाडी बढाउन सहयोग गर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

सभामुखको पटक–पटकको आग्रह नमानी प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध गरिरहे पछि सभामुख घिमिरेले बैठक जेठ १३ गते आइतबार बिहान ११ बजे सम्मकालागि स्थगित गर्नुभयो । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल गर्ने कार्यसूची रहेको थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads