search

spot_img
spot_img

पोलियो खोप अभियानको लागि पर्सा जिल्लामा पहिलो चरणको तयारी सम्पन्न

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ जेठ/ यही जेठ १३ गतेदेखि शुरू हुने राष्ट्रिय पोलियो खोप अभियानको लागि पर्सा जिल्लामा पहिलो चरणको तयारी सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन खोप अधिकृत जयमोद ठाकुरले पर्सा जिल्लामा राष्ट्रिय खोप अभियान–२०८१ दुई चरणमा हुन गइरहेको र पहिलो चरणको तयारी पूरा भएको बताए। उनले पहिलो चरणमा जेठ १३–१६ गतेसम्म वीरगंज महानगरका वडा नं १ देखि १६ सम्म, बहुदरमाई नगरपालिका, छिपहरमाई, पकहामैनपुर, धोबिनी, विन्ध्यवासिनी, ठोरी गाउँपालिका गरी आठवटा पालिकामा खोपको लागि अभिमुखीकरण तालीम सम्पन्न भएको बताए।
उनले खोप अभियानको लागि जनशक्ति तयार गर्ने क्रममा पहिलो चरणको लागि १४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुख र ११२ जना स्वास्थ्य इन्चार्जलाई खोपबारेमा अभिमुखीकरण तालीम दिइएको अधिकृत ठाकुरले बताए। यसैगरी, जेठ ८ गतेदेखि शुरू भएको अभिमुखीकरण तालीम आज जेठ ११ गतेसम्म वीरगंज महानगरका बाँकी वडाहरूका खोपकर्ता शिक्षकहरूलाई सहभागी गराएर सम्पन्न भएको खोप अधिकृत ठाकुरले बताए। पहिलो चरणको खोप अभियानको लागि ११० जना खोप कार्यकर्ता र ३२८ जना शिक्षक गरी ४३८ जना जनशक्ति तयार गरिएको उनले बताए। पहिलो चरणको लागि आठवटै पालिकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको र जेठ १३ देखि १६ गतेसम्म हुने पहिलो चरणको तयारी पूरा भएको बताए।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा मुक्तिनारायण साह, फोकल पर्सन ठाकुर, कोल्डचेन अधिकृत मोहनलाल साह र जनस्वास्थ्य अधिकृत मल्लिका श्रेष्ठले पहिलो चरणको अभिमुखीकरण कार्यक्रममा प्रशिक्षण दिएका थिए। अधिकृत ठाकुरले पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणको लागि जेठ १७ गतेदेखि अभिमुखीकरण कार्यक्रम शुरू गरिने बताए। दोस्रो चरणको खोप यही जेठ २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

तीनवटै ल्याब परीक्षणमा हैजा संक्रमण फैलिएको पुष्टि

वीरगंज,१० भदौं । जनकपुर र काठमाडौंको प्रयोगशालामा गरिएको कल्चर टेष्ट अनुसार वीरगजमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads