search

spot_img
spot_img

किसानको हकहितमा काम गर्दै वेयर हाउजिङ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ जेठ/ वीरगंजका उद्योगी जगदीश अग्रवालले नेपाल वेयर हाउजिङ कम्पनीले किसानहरूको हितमा काम गरेको बताएका छन्।
नेपाल वेयर हाउजिङ कम्पनीले शुक्रवार वीरगंजमा आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रमुख अतिथि अग्रवालले निजी क्षेत्रले खाद्यान्न भण्डारण गरी किसानहरूलाई सघाएको बताए। उनले सरकारी तहमा रहेको नेपाल खाद्य संस्थान सरह नै खाद्यान्न भण्डारण गरी किसानहरूलाई आवश्यकता परेको बेलामा उपलब्ध गराउने कार्य गरेको र यसले किसानहरूलाई मुनाफा भइरहेको दाबी गरे।
कम्पनी व्यवस्थापन समितिका अध्यक्ष आनन्द बगारियाले २०६३ सालमा नेपाल वेयर हाउजिङ कम्पनीले काम शुरू गरेको र २०८०/९/५ देखि सर्वसाधारणको लागि शेयर खुला गरेको बताए। उनले रु ६५ करोड चालू पूँजीबाट शुरू गरिएको कम्पनीले अहिले सय करोड ऋण लिएको र चालू पूँजीबाट १३ करोड शेयर ऋण लिएर सञ्चालन भइरहेको बताए। धान, गहुँ, मकै गरी तीन थरीका खाद्यान्न भण्डारण गर्ने, बजारीकरण गर्ने र सरोकारवालाबीच पुलको काम गर्दै आएको अध्यक्ष्F बगारियाले बताए। उनले पर्सागढी नगरपालिकाको बिरुवागुठीमा २५ हजार मेट्रिकटनको भण्डारण कक्ष्F बनाएको,यसैगरी विराटनगरमा १५ हजार मेटनको भण्डारण कक्ष बनाइएको र भैरहवामा १५ हजार मेटनको भण्डारण कक्ष्F निर्माणाधीन रहेको बताए। यी भण्डारण कक्षमा रहेका गहुँ, मकै, धानका लागि किसानहरूले प्रतिकिलो प्रतिमहीना ५० पैसा शुल्क तिर्नुपर्ने र आवश्यकता भएको बखतमा निकालेर बिक्री गर्न सकिने हुँदा यसप्रति आकर्षण बढिरहेको बताए।
कार्यक्रममा सञ्चालक सतीशचन्द्र श्रेष्ठ, स्वतन्त्र सञ्चालिका एवं पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठ, प्रदीप अग्रवाल, तेन्जिङ शेर्पालगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

तीनवटै ल्याब परीक्षणमा हैजा संक्रमण फैलिएको पुष्टि

वीरगंज,१० भदौं । जनकपुर र काठमाडौंको प्रयोगशालामा गरिएको कल्चर टेष्ट अनुसार वीरगजमा हैजा संक्रमण फैलिएको पुष्टि भएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads