search

spot_img
spot_img

स्वास्थ्यसम्बन्धी ऐन एकतर्फी –नगरप्रमुख सिंह

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ जेठ/ वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन एकतर्फी भएको बताएका छन् ।
नेपाल चिकित्सक सङ्घले वीरगंजमा शनिवार आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ तथा दोस्रो संशोधन २०७९ को प्रचारप्रसार तथा अन्तत्र्रिmया कार्यक्रममा नगरप्रमुख सिंहले सरकारले ल्याएको सो ऐनले स्वास्थ्यकर्मीहरूको सुरक्षाको विषयमा मात्र बोलेको र उनीहरूले लापरवाही गरेमा कारबाई गर्ने विषयमा भने केही उल्लेख नगरिएको बताए ।
नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले बिरामीको मृत्यु सम्बन्धमा कानूनी उपचार नखोजेर चिकित्सकमाथि हुने हमलाले चिकित्सकको मनोबल खस्केको र शवलाई अस्पतालअगाडि राखेर रकमको मोलमोलाइले बिचौलिया हाबी भएर चिकित्सक झन् जोखिममा पर्ने गरेको बताए । उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्यसम्बन्धी ऐन २०६६ को पहिलो संशोधन २०७९ ले चिकित्सकको सुरक्षामा जोड दिंदै लागू भएको दुई वर्ष बितिसक्दा पनि चिकित्सक माथिको आक्रमणमा कमी नआएको बताउँदै जिल्लामा ¥यापिड रेस्पोन्स टीमको निर्माण गर्नुपर्नेमा जोड दिए ।
सङ्घका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक डा नीरज सिंहले सेवाग्राहीले कुरा नबुझ्दा चिकित्सकहरूलाई डाँका र ज्यानमारासमेत बनाउने गरेको भन्दै यसले स्वास्थ्य सेवामा त्रास फैलाएको र मृतकको शवलाई अस्पतालअगाडि राखेर गरिने लेनदेनलाई निरुत्साहित नगरेसम्म चिकित्सकमाथि हुने आक्रमणमा कमी नआउने बताए । कार्यक्रममा चिकित्सक, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो ।...

सम्बन्धित खबर

- Advertisement -neelambads