search

दोस्रो अभ्यास खेलमा नेपालद्वारा ह्युस्टन हरिकेन्स २७ रनले पराजित

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ ।

जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो ।

ह्युस्टनका जिआ शाहजादले सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था समान १६ रन बनाए ।

नेपालका तीव्र गतिका बलर करण केसीले ३ विकेट लिए । सोमपाल कामी र अविनाश बोहराले समान २ विकेट लिए । कप्तान रोहित पौडेल र सागर ढकालले समान १ विकेट लिए ।

प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

कप्तान रोहितले सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल २३ रन जोडे । आसिफ शेख १, अनिल कुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए । सन्दीप जोरा र सोमपाल कामी समान १२ रनमा नट आउट रहे ।

ह्युस्टनका इमरान शेख जुनियरले र जिआ शाहजादले २–२ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले १–१ विकेट लिए ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो । पहिलो खेलमा ह्युस्टनसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads