search

spot_img
spot_img

संसदमा प्रतिपक्षीको आवाजलाई महत्वका साथ स्थान दिनुपर्ने महामन्त्री थापाको भनाई

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संसदमा प्रतिपक्षीको आवाजलाई महत्वका साथ स्थान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री थापाले सत्ता गठबन्धनले देखाएको व्यवहार निरंकुशताउन्मुख रहेको बताउनुभयो ।

सरकारमा हुँदा र सरकार बाहिर हुँदाको व्यवहारमा एकरुपता हुनुपर्ने भन्दै महामन्त्री थापाले पछिल्लो समय देखिएको सरकारको व्यवहारले हालसम्म प्राप्त उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताउनुभयो ।

महामन्त्री थापाले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसमाथि अङ्कुश लगाउने काम गर्न नहुने  पनि बताउनुभयो ।

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तारानाथ दाहालले सामाजिक सञ्जालले सिर्जना गरेका भ्रमपूर्ण समाचारलाई चिर्न सक्नेगरी श्रमजीवी पत्रकारहरूले आफ्नो क्षमताको विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जुन उद्देश्यका साथ प्रेस युनियन स्थापना भएको हो निरन्तर त्यही बाटोमा अगाडी बढेको भन्दै  श्रमजीवी पत्रकारको हक हितको संरक्षणमा युनियनले काम गर्दै आएको बताउनुभयो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads