search

spot_img
spot_img

सावधान ! पर्सामा रकम चोर्ने ह्याकर सक्रिय

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ जेठ/ केही दिनदेखि वीरगंजलगायत आसपासका व्यक्तिहरूको खाताबाट लाखौं रकम ह्याकरले चोर्न थालेपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरीको चाङ लाग्न थालेको छ भने साइबर सेलले उजूरीमाथि छानबीन शुरू गरेको छ।
सूचनाको आधारमा केही व्यक्तिहरूको पहिचान खुलेपछि उनीहरू अहिले सम्पर्क बाहिर रहेका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। ह्याकरहरूको पहिचान खुलेपछि उनीहरूले मोबाइल फोन अफ गर्दा पक्राउ गर्न समस्या भएको प्रउ ढुङ्गेलले बताए।
खल्ती, ईसेवालगायतका वालेट खाताबाट ह्याकरहरूले रकम चोर्ने गरेको पीडितहरूको भनाइ छ। घण्टाघरस्थित पोखरिया मनी ट्रान्सफरका सञ्चालक मनिर आलमले आफूले थाहा नै नपाई आफ्नो खाताबाट चार दिनअघि ४० हजार रुपैयाँ ट्रान्सफर भएको बताए। बिहान मोबाइल खोल्दा अचानक डिभाइस रिसेटको माग भएको र पछि लगइन गर्दा ४० हजार रकम खाताबाट ट्रान्सफर भएको उनले बताए। दुई दिनअघि उनको मोबाइल चोरी भएको र सोही मोबाइलको सिमबाट प्राइम बैंक चितवन शाखामा ह्याकरले रकम पठाएको आलमले बताए।
त्यस्तै, वीरगंजको नगवा निवासी कुशवाहा थर भएका एकजना व्यक्तिको खाताबाट नौ हजार रकम गायब भएको छ। कनेक्ट आइपिएसमार्फत ह्याकरले कुशवाहाको रकम ट्रासफर गरेको बताइन्छ। मोबाइलमा नोटिफिकेशन आएपछि पैसा गायब भएको आपूmलाई थाहा भएको उनले बताए। उनको खातामा नौ हजार पाँच सय रकम रहेको र पाँच सयबाहेक सबै रकम खाताबाट ह्याकरले चोरी गरेको थियो।
यस्ता धेरै उजूरी पर्सा प्रहरीमा पर्न थालेपछि अहिले प्रहरी ह्याकरको खोजीमा लागेको जिप्रका, पर्साले जनाएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads