search

spot_img
spot_img

एमाले धनकुटामा शिव आङ्लाको प्यानल विजयी

पढ्न छुटाउनुभयो ?




धनकुटा । नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनबाट शिव आङ्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्षमा आङ्ला ३ सय १४ मतका साथ विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी तामाङले २ सय ७ मत ल्याएका छन्  । 

निवर्तमान उपसचिव समेत रहेका आङ्ला र निवर्तमान सचिवालय सदस्य तामाङबिच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो  । दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्षसहित सम्पूर्ण पदाधिकारीमा आङ्लाको प्यानल नै निर्वाचित भएको छ। उपाध्यक्षमा २ सय ९४ मतका साथ चिन्तन तामाङ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत ल्याउनु भएको छ । 

सचिवमा २ सय ९६ मतका साथ पर्शुराम नेपाल विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी शेर बहादुर लिम्बूले १ सय ९६ मत पाउनुभयो। उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मतका साथ विजयी हुनुभएको छ भने प्रतिस्पर्धी डा. गोपाल भट्टराईले १ सय ८७ मत ल्याउनु भयो । महिला उपसचिवमा तुलसी राईले २ सय ६५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी मनकुमारी तितुङ (तारा) ले २ सय २६ मत ल्याउनु भयो ।

नेकपा एमाले धनकुटाको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा उपसचिबमा उम्मेदवारी दिएका केशरमान तुम्साले उम्मेदवारी फिर्ता लिनु भएको थियो। लेखा समितिका ७ जना सहित ६१ जना सदस्य सर्वसम्मत चयन भएका थिए। पदाधिकारी र ३० जना सदस्यको लागि मतदान भएको हो। ३० सदस्यको लागि ५७ जनाको उम्मेदवारी परेको थियो। जेठ १२ गते शनिवारबाट सुरु भएको नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि १३ गते बेलुका ७ बजेबाट ११ बजेसम्म मतदान भएको थियो। एमाले धनकुटाको अधिवेशनमा ५ सय ४४ जना मतदाता रहेकोमा ५ सय ३७ मत खसेको थियो। अधिवेशनबाट जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा र अपाङ्ग, मजदुर, पेशागत, दलित तथा अल्पसङ्ख्यक गरि १० प्रतिशत अनिवार्य सहभागी भएको एमाले धनकुटाले जनाएको छ । 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । ...

सम्बन्धित खबर

- Advertisement -neelambads