search

spot_img
spot_img

गण्डकी प्रदेश शुटिङ्ग सङ्घको अध्यक्षमा मोतीराम चयन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




पोखरा । गण्डकी प्रदेश शुटिङ्ग सङ्घको अध्यक्षमा मोतीराम गुरुङ सर्वसम्मत चयन हुनु भएको छ । सङ्घको सोमबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले उहाँलाई आगामी चार वर्षका लागि अध्यक्षमा चयन गरेको हो । नव निर्वाचित अध्यक्ष गुरुङ खेलकुद सँगै शिक्षा क्षेत्रमा संलग्न हुनु हुन्छ । 

यसै गरी सङ्घको उपाध्यक्षमा दलराज पुन र लिला शेरचन, महासचिवमा पुरन कुँवर, सचिवमा विजयन्त शेरचन, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित हुनु भयो । सङ्घको कार्यसमिति सदस्यमा आशिषराज भण्डारी, खम्वा गुरुङ, कविन गुरुङ, चिन बहादुर थापा, विजय क्षेत्री, विवश क्षेत्री काजी, मायाँ क्षेत्री बस्नेत र सूर्य बहादुर थापा निर्वाचित हुनु भयो । 

यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले गण्डकी प्रदेशमा शुटिङ्ग खेलको राम्रो सम्भावना भए पनि विविध चुनौतीको कारण अघि बढ्न नसकेको बताउनु भयो । उहाँले शुटिङ्ग खेल मार्फत पर्यटन प्रवर्द्धन गर्न समेत उत्तिकै प्रभावकारी हुने बताउँदै नयाँ कार्यसमितिले योजनाबद्ध रुपमा अघि बढ्न आग्रह गर्नु भयो । 

सङ्घकी केन्द्रिय उपाध्यक्ष एवं तदर्थ समितिकी अध्यक्ष ओलम्पियन भगवती केसी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उनले शुटिङ्ग खेलको विकासका लागि आवश्यक खेल सामाग्रीको अभावमा सोचे अनुरुप गतिविधि अघि बढ्न नसकेको बताउनु भयो । 

कार्यसमितिमा नव निर्वाचितहरुलाई सङ्घकी केन्द्रिय उपाध्यक्ष केसी सहित प्रदेश खेलकुद परिषद्का कार्यालय प्रमुख तोपलाल भुसाल, निर्वाचन समितिका सदस्य घनश्याम पौडेलले प्रमाणपत्र वितरण गर्नु भएको थियो । प्रदेशमा सुटिङ खेलको प्रशिक्षण केन्द्र स्थापना गर्न आफूहरू लाग्ने भएको अध्यक्ष गुरुङले जनाउनु भयो । 

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads