search

spot_img
spot_img

मधेश प्रदेशका मुख्यमन्त्रीले जेठ २३ गते विश्वासको मत लिने

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यही जेठ २३ गते मधेश प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको छ । नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत पुनः लिन लाग्नुभएको हो ।

सरकारलाई विश्वासको मत दिएका कुनै पनि दलले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः ३० दिनभित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको छ ।

प्रदेश सभाको बैठक अगामी जेठ २१ गतेको बोलाउनका लागि प्रदेश सरकारबाट आग्रह भएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो । उहाँले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज पत्रकारहरूसँग कुरा गर्दै विश्वासको मत आफूले पाउनेमा ढुक्क रहेको दाबी गर्नुभयो ।

स्थानीय तहहरूमा शसर्त अनुदान पठाउने आफ्नो दायित्व भएको बताउँदै यसमा विरोध गर्नुको कुनै तुक नभएको मुख्यमन्त्री यादवले बताउनुभयो । मधेश प्रदेशका जिल्लाहरूमा खानेपानीको व्यापक अभाव भएको बताउँदै उहाँले पानीको समस्या समाधानका लागि प्रदेश सरकारले आपतकालिन रुपमा काम गर्न लागेको बताउनुभयो ।

एक प्रश्नको जवाफमा मुख्यमन्त्री यादवले सङ्घीयतालाई बलियो हुन नदिनका लागि पटक पटक सरकार फेर्ने काम भएको र थोरै समयमा कर्मचारीको सरुवा गर्ने गरेको बताउनुभयो ।

विकास खर्च नहुनुमा राजनीतिक अस्थिरता नै प्रमुख कारण भएको बताउँदै सङ्घीयताको विरुद्धमा हुने कुनै प्रकारको षड्यन्त्रलाई मधेश प्रदेश सरकारले स्वीकार नगर्ने बताउनुभयो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads