search

spot_img
spot_img

रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा सलहेश र विर्तामोड भिड्दै

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?




धनकुटा । धनकुटाको राजारानीमा जारी रारा गोल्डकप फुटबल प्रतियोगिताको ११औँ संस्करणमा मङ्गलवार दोस्रो सेमिफाइनल खेल हुदैँछ।

मङ्गलवार हुने दोस्रो सेमिफाइनल खेलमा साविक विजेता सिराहाको सलहेश युथ क्लब र विर्तामोड युनाइटेड क्लब झापाबिच प्रतिस्पर्धा हुनेछ । धनकुटाको राजारानीमा रहेको राजारानी खेलमैदान दिउँसो ३ बजेपछि सो खेल सुरु हुनेछ । सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सलहेश अन्तिम चारमा पुग्न सफल भएको हो । यस्तै रियल स्टार क्लब हेटौँडालाई ० का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमिफाइनल यात्रा तय गरेको हो । 

आज हुने दोस्रो सेमिफाइनल खेलको विजेताले फाइनलमा बुधबार उपाधिका लागि आयोजक रारा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक रारा फुटबल क्लबले पहिलो सेमिफाइनलमा सोमबार मोरङको डाँगिहाट युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप २०५८ सालबाट सुरु भएको हो । गत वर्ष प्रतियोगिताका विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको भएपनि यस वर्ष पुरस्कारको राशि बढाएर विजेतालाई नगद ५ लाख रुपैयाँ र उपविजेतालाई नगद २ लाख ५० हजार रुपैयाँ बनाइएको आयोजक समितिका संयोजक मणि चेम्जोङले बताउनु भयो। प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने र सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads