search

spot_img
spot_img

जीवनज्योती माविमा नेतृत्व र जिम्मेवारी प्रदान गर्न ब्याच वितरण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ जेठ । वीरगञ्जको रानीघाटस्थित जीवनज्योती माविमा इनभेष्टिचर सेरोमनी सम्पन्न भएको छ । विद्यालय परिसरमै आयोजित सेरोमनीका अवसरमा विद्यार्थीलाई नेतृत्व र जिम्मेवारी प्रदान गर्ने ब्याच वितरण गरिएको हो ।
विभिन्न समूहमा विभाजन गरेर विद्यार्थीको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने अभिप्रायले ब्याच वितरण गरेर जिम्मेवारी प्रदान गरिएको विद्यालयकी प्रबन्ध निर्देशक मिनाक्षी गुप्ताले बताइन् । उनकाअनुसार विद्यार्थीको जिम्मेवारी प्रदान गर्ने अभिप्रायले विद्यालयले हरेक वर्ष यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले विद्यालय नै विद्यार्थीको सिकाईको थलो भएको बताए । विद्यालयबाटै सबै किसिमका जिम्मेवारी बहन गर्ने गरी विद्यार्थीको सर्वाङ्गीन विकास गर्नुपर्ने आवश्यक्ता उनले औँल्याए । जीवनज्योती माविले विद्यार्थीको चौतर्फी विकासका लागि गरेका प्रयासको उनले प्रसंशा गरे ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, सञ्चारकर्मी राम सर्राफ, राधेश्याम पटेल, नेपाल राष्ट्रिय मावि गर्दाैलका पूर्व प्रधानाध्यापक रामचन्द्र प्रसाद यादव, नासा सेक्युरिटिज वीरगञ्जका प्रबन्धक जित कुमार दहाल लगायतले विद्यार्थीहरूलाई ब्याच वितरण गरेका थिए ।
कक्षा एक देखि १० सम्मका विद्यार्थीहरूलाई ईएसएस पृफेक्ट, हाउस कप्तान, उपकप्तान, खेल उप कप्तान, कप्तान, डेपुटी हेड ब्वाय, हेड गर्ल लगायतलाई ब्याच वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले जानकारी दिए । विभिन्न किसिमका जिम्मेवारी प्रदान गर्दा विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप सञ्चालनमा विद्यार्थीले आआफ्नो जिम्मेवारी निर्वाह गर्ने गुप्ताको विश्वास छ ।
विद्यालयका शिक्षक हेडेन रिचार्डले स्वागत मन्तव्यसँगै कार्यक्रमको उद्देश्यका वारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक उज्जवल शर्माले गरेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads