search

spot_img
spot_img

क्रान्ति केवल सत्ता परिवर्तनको लागि – महतो

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ जेठ/ राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले राम्रो भनिएको लोकतान्त्रिक गणतन्त्र पनि असफल हुन लागेको बताएका छन्। वीरगंजमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष्F महतोले क्रान्ति केवल सत्ता परिवर्तनको लागि भएको र निर्णायक हुन नसकेको बताए।
उनले राम्रो भनिएको लोकतान्त्रिक गणतन्त्र पनि असफल हुँदै गएकोले अब अर्को क्रान्तिको आवश्यकता रहेको र त्यसको लागि तराई, पहाड, हिमालमा क्रान्तिको लागि जनता जागरण अभियान सञ्चालन गरेको बताए। उनले २००७, २०४६, २०६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनबाट राजनीतिक परिवर्तन मात्र भएको बताउँदै परिवर्तनको लागि हजारौंले ज्यान गुमाए, हजारौं अपाङ्ग भए तर त्यसको लाभ निश्चित वर्ग, समूह र व्यक्तिले मात्र उठाउँदै आएको आरोप लगाए। उनले अहिले पनि गरीब, दलित, अल्पसङ्ख्यक समुदायको पहुँच सत्तामा नरहेको र हरेक तहतप्काका व्यक्तिलाई समावेशी तरीकाबाट प्रतिनिधित्व गराउनुपर्ने आवश्यकता रहेकोले आफ्नो पार्टीले सो अभियान शुरू गरेको बताए।
उनले आफू ३५ वर्षदेखि राजनीतिमा सक्रिय रहेको र सो क्रममा केही छिटाबाछिटा पनि आफूमा पनि लागेको स्वीकार्दै त्यस्ता छिटाबाछिटा आफ्नो कारणले नलागेको दाबी गरे। उनले आफू बाहिरी शक्तिबाट सञ्चालित भएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताए। जनभावनाबाट नयाँ हरितक्रान्तिको बाटो पहिल्याउनुपर्ने आवश्यकता रहेको र अहिले आफू सोही अभियानमा समाहित भएको दाबी गरे। प्रस, पोखरिया/ पोखरियामा आयोजित आमसभामा अध्यक्ष महतोले मधेस मुक्तिको अन्तिम लडाइँका लागि तयार रहन आह्वान गरेका छन्। उनले अहिलेसम्मको आन्दोलनबाट पूर्ण मुक्ति नपाएको र अब हुने आन्दोलनबाट सबै तहतप्काका पिछिडिएका मानिसले मुक्ति पाउने दाबी गरे। सो दलका बुद्ध छिरिङ मोक्तानले जनमत पार्टीले अहिले सत्तासीन दलहरूको चाकडी गरिरहेको आरोप लगाए। उनले मधेसमा एकाएक उदाएको सो दल राज्यमन्त्रीका लागि माओवादी र एमालेको चाकडीमा लागेको आरोप लगाए। उनले अहिले आफ्नो दल तराई, पहाड र हिमालमा मुक्ति अभियानका लागि जनचेतना कार्यक्रममा रहेको र आगामी कात्तिक महीनापछि मुक्तिको आन्दोलनमा होमिने बताए। नेजामुद्दीन समानीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री रामनरेश यादव, कमला गुरुङ, राजीव झा, गोवर्धन यादव, लालकिशोर पटेल, शिव साहलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत राजेशराय यादव तथा सञ्चालन राजेश साहले गरेका थिए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

बाघको आक्रमणबाट एकजनाको मृत्यु

बारा, ११ भदौ । बारा जिल्लाको अमलेखगंजमा बाघको आक्रमणबाट बुधवार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

सम्बन्धित खबर

- Advertisement -neelambads