search

spot_img
spot_img

वीरगंजको मानवसेवा आश्रम भवनको लागि आर्थिक सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ जेठ/ मानवसेवा आश्रम वीरगंजको भवन निर्माणको लागि सोमवार साँझ वीरगंजमा हास्य कलाकार मनोज गजुरेलको सहभागितामा ‘मिट दी ग्रीक’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वीरगंजका उद्योगपति, व्यापारीलगायतले मानवसेवा आश्रमको भवन निर्माणको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। कार्यक्रममा नगद ५१ हजार सङ्कलन भएको थियो भने वीरगंज–५ का राकेश मिश्र, हेटौंडाको खुशी क्लब, वीरगंज–१५ का सरोजप्रसाद चौधरी, वीरगंज–१२ की सुशीला साह, वीरगंज–८ का सन्दीप साहले भवन निर्माणको लागि इँटा, बालुवा, गिट्टी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने वीरगंज नर्सिङ होमका कमल पौडेल, डा कल्पना पौडेलले नगद सहयोग गरे।
वीरगंज–१३ स्थित साउथजोन स्कूल र गणेश लाठको न्यू लक्ष्मीले जनही ५१/५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा मानवसेवा आश्रम भवन निर्माणको लागि पाँच लाख ११ हजार मूल्य बराबरको एउटा कोठा तयार गर्न सहयोग गर्ने अशोक लाठ, डा नीरज सिंह, डा अशोक दास, प्राडा दीपक शाक्य, सुरेश रूँगटा, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी र प्रसौनी गापाका अध्यक्ष विनोद जयसवाललाई सम्मानित गरिएको थियो।
मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीको अध्यक्षता एवं वीरगंजका समाजसेवी उद्योगपति मुरलीधर रूँगटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरप्रमुख राजेशमान सिंह, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, पूर्वअध्यक्षद्वय अशोक बैद र सुबोध गुप्ता, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, प्रहरी उपरीक्ष्Fक कुमोध ढुङ्गेललगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजमा शिक्षक क्षमता अभिवृद्धिको लागि सम्मेलन

वीरगंज,२८ असार । काठमाण्डौ विश्वविद्यालय स्कूल अफ एजुकेशनको आयोजनामा वीरगंजमा एक दिने शिक्षक सम्मेलन सम्पन्न भएको छ । क्लार्क रिसोर्टमा...

सम्बन्धित खबर

- Advertisement -neelambads