search

महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

पढ्न छुटाउनुभयो ?




जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन बुझाइएको छ ।

महालेखापरीक्षकको कार्यालयका सह–सचिव एवं मधेश प्रदेश प्रमुखका प्रमुख श्याम प्रसाद भण्डारीले प्रदेश प्रमुखको सचिवालयमा छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाउनुभयो ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो ।

उहाँले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषयहरूको कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने बताउनुभयो । प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशमा बेरुजू अन्य प्रदेशको तुलनामा बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने बताउनुभयो ।

प्रतिवेदन बुझाउँदै महालेखापरीक्षक कार्यालयका सह–सचिव श्याम प्रसाद भण्डारीले गत वर्ष भन्दा थोरै बढी बेरुजू मधेश प्रदेशमा बढेको बताउँदै बेरुजू बढ्नुमा म्याद नाघेको पेश्की नै प्रमुख कारणको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेल र महालेखा परीक्षकको कार्यालयका उपसचिव तारा प्रसाद सुवेदी सहभागी हुनुहुन्थ्यो ।

नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम सात वटै प्रदेशका प्रदेश प्रमुखहरूलाई प्रदेश मातहतको निकायहरूमा भएको लेखा परीक्षकको प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था रहेको छ ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads