search

spot_img
spot_img

रारा गोल्डकपको उपाधि साविक विजेता सलहेश युथ क्लबलाई

पढ्न छुटाउनुभयो ?


धनकुटा ।
११ औँ संस्करणको रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता सिराहाको सलहेश युथ क्लबले उचालेको छ ।

धनकुटाको राजारानीस्थित राजारानी खेल मैदानमा सम्पन्न प्रतियोगितामा साविक विजेता सिराहाको सलहेश युथ क्लबले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले आयोजक रारा फुटबल क्लबलाई हराउँदै उपाधि चुमेको हो ।

घरेलु दर्शकको राम्रो साथ पाएको राराले खेलको २५ औँ मिनेटमा गोलकिपर प्रदीप भण्डारीले आफ्नो पक्षको गोल पोष्टबाट प्रहार गरेको बल सलहेश गोलकिपर युनिश चौधरीले रोक्न नसक्दा गोलको खाता खोलेको थियो ।

खेलको ५५औँ मिनेटमा सलहेशका फागुराम थारुले गोल गर्दै खेल १–१ को बराबरी पुर्‍याउनुभयो । त्यसपछि खेलमा कुनै गोल नभएपछि खेल सिँधै ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा सलहेशका जय गुरुङ, आदित्य शाक्य, कुलदिप कार्की र फागुराम थारुले गोल गरे भने आयोजक राराका ताया र शिशिर लेखिले गोल गर्नुभयो ।

यता राराका विशाल घलान तामाङ र राम वाजीको प्रहार सलहेशका गोलकिपर युनिश चौधरी रोक्नुभएको थियो । फाइनल खेलको म्यान अफ द म्याच सलहेशका फागुराम थारु घोषित हुँदै नगद ७ हजार र ट्रफी हात पार्नुभयो ।
साविक विजेता सलहेशले मङ्गलवार विर्तामोड युनाइटेड क्लब झापालाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

यस्तै आयोजक रारा फुटबल क्लब मोरङको डाँगिहाट युथ क्लबलाई सोमबार २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

उपाधि विजेता सलहेश युथ क्लबले नगद ५ लाख रुपैयाँ तथा गोल्डकप हात पार्यो । उपविजेता बनेको आयोजक रारा फुटबल क्लबले नगद २ लाख ५० हजार रुपैयाँ र रनिङ कपमा चित्त बुझायो ।

यस्तै, खेलको सर्वोत्कृष्ट खेलाडी रारा फुटबलका राम वाजी घोषित हुनुभयो । उहाँले नगद ५० हजार रुपैयाँ र ट्रफी हात पार्नुभयो । यस्तै उत्कृष्ट गोलकिपर सलहेशका युनिश चौधरी र उदयमान खेलाडी राराका विशाल लिम्बू घोषित हुनुभयो । उहाँहरूले जनही ११ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउनुभयो ।

खेलपछि आयोजित समारोहमा विजेता र उपविजेता टोली तथा विधागत उत्कृष्ट खेलाडीलाई खानेपानी मन्त्री राजेन्द्र कुमार राई, धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङ, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप २०५८ सालबाट सुरु भएको हो । गत वर्ष प्रतियोगिताका विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको भएपनि यस वर्ष पुरस्कारको राशि बढाइएको आयोजकले जनाएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

बाराको कुर्मीको घटनामा ५ जना आरोपितलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश

राधेश्याम पटेल, वीरगंज, २३ असार।  बारा,कलैया-१४ स्थित बघवन गाउँमा नन्दु राउत कुर्मीको हत्या मुद्दामा पाँचजनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश...

सम्बन्धित खबर

- Advertisement -neelambads