search

spot_img
spot_img

पर्सामा अत्यधिक गर्मीले पहिलो चरणको खोप प्रभावित

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ जेठ/ पर्सा जिल्लामा पहिलो चरणको राष्ट्रिय खोप अभियान प्रभावित भएको छ। जेठ १३ गतेदेखि सञ्चालित राष्ट्रिय खोप अभियान अन्तर्गत पर्सा जिल्लाका आठवटा पालिकामा पहिलो चरणको खोप अभियान शुरू भएकोमा बुधवार समापन भएको छ।
१६ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अन्तर्गत वीरगंज महानगरपालिकाका १ देखि १६ वटा वडा, बहुदरमाई नपा, छिपहरमाई, पकाहामैनपुर, धोबिनी, विन्ध्यवासिनी र ठोरी गाउँपालिका गरी आठवटा पालिकामा खोप अभियान सञ्चालित भएको थियो। तर यस अवधिमा गर्मी अत्यधिक बढेर वीरगंज महानगरलगायत पालिकाहरूले जेठ १६ देखि १८ गतेसम्म विद्यालयहरू बन्द गरेका छन्।
जेठ १४ गतेदेखि सूचना जारी गरेर पालिकाहरूले अत्यधिक गर्मीको कारण वार्षिक बिदाबाट कट्टा हुनेगरी गर्मी बिदा दिएपछि खोप कार्यक्रम प्रभावित भएको हो। विद्यार्थीहरू अत्यधिक गर्मीले कक्षाकोठामा बेहोश हुने जस्ता घटनाहरू बढेपछि विद्यालय बन्द गरिएको थियो।
यसै पनि गर्मी बढेको कारण विगत एक हप्तादेखि विद्यालयमा विद्यार्थी सङ्ख्या पातलिंदै गएको थियो। यही अवधिमा पहिलो चरणको पोलियो खोप कार्यक्रम सञ्चालन भएको कारण लक्ष्य अनुसारको खोप दिन नसकिएको स्वास्थ्य कार्यालय, पर्साका खोप अधिकृत जयमोद ठाकुरले बताए। उनले आज पहिलो चरणको खोप अभियान समापन भएको र यो अभियानमा १६ हजार बालबालिकालाई खोप दिने लक्ष्य रहेको बताए। उनले आठवटा पालिकाबाट खोपको अद्यावधिक तथ्याङ्क प्राप्त नभएको र हालसम्म प्राप्त तथ्याङ्क अनुसार छ हजार २९३ जनाले मात्र खोप लगाएको तथ्याङ्क आएको बताए। उनले सबै पालिकाबाट तथ्याङ्क आएपछि यो सङ्ख्या बढ्ने जनाए तर लक्ष्य पूरा हुने सम्भावना नरहेको उनले जानकारी गराएका छन्। राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत पहिलो चरणको खोप अभियान सकिएपछि दोस्रो चरणको खोप अभियानको तयारी भइरहेको खोप अधिकृत ठाकुरले बताए। दोस्रो चरणको खोप अभियान यही जेठ २० देखि २६ गतेसम्म हुनेछ। २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूलाई लक्षित गरेर राष्ट्रिय पोलियो खोप अभियान सरकारले सञ्चालन गरेको हो। सो अवधिमा खोप अभाव भएकोले सरकारले कार्यक्रम सञ्चालन गर्न नसकेको र अहिले सोही उमेर समूहका बालबालिकालाई लक्षित गरेर राष्ट्रिय पोलियो खोप अभियान २०८१ सञ्चालन गरेको हो।
पर्सा जिल्लामा सो अवधिमा खोप लिनबाट वञ्चित ३१ हजार ८१२ जनालाई अहिले दुई चरणमा खोप दिने लक्ष्य रहेको खोप अधिकृत ठाकुरले बताए। दुई चरणमा सो लक्ष्य पूरा गर्न पहिलो चरणमा आधा र दोस्रो चरणमा आधा लक्ष्य राखिएको अधिकृत ठाकुरले बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads