search

spot_img
spot_img

१३ लाख नक्कली नोटसहित चारजना पक्राउ

पढ्न छुटाउनुभयो ?

प्रस, वीरगंज, १६ जेठ/
जिल्ला प्रहरी कार्यालय, बाराले १३ लाख नक्कली नेपाली रुपैयाँसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना भारतीय र तीनजना नेपाली रहेको बुधवार पत्रकार सम्मेलन गरी जिप्रका, बाराले जनाएको छ। बारा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले भारत, बिहार, मोतिहारी जिल्ला निवासी ४० वर्षीय महम्मद आलम, बारा जिल्ला कोल्हवी नगरपालिका–६ बस्ने २५ वर्षीय राजन चौधरी, १९ वर्षीय आकाश चौधरी, रौतहट जिल्ला, राजपुर नगरपालिका–१ बस्ने १९ वर्षीय मोहनकुमार साह पक्राउ परेको बताए। भारतीय नागरिक महमद आलमलाई भारतीय नम्बरको मोटरसाइकलसहित सिम्रौनगढ नगरपालिका–९ सानो बसवरियाबाट जेठ १५ गते प्रहरीले पक्राउ गरेको थियो। उनको साथबाट एक हजार दरका ६०९ थान नक्कली नोट फेला परेको थियो।
जेठ १४ गते प्रहरीले सोही ठाउँबाट नक्कली नोटसहित तीनजना नेपालीलाई पक्राउ गरेको प्रवक्ता न्यौपानेले बताए। उनीहरूको साथबाट एक हजार दरका ७०७ थान नोट भेटिएको थियो। प्रहरीले पक्राउ परेकाहरूबाट भारतीय मोटरसाइकलसहित ना.३४प ३५१२ नम्बरको मोटरसाइकल र एउटा साइकल बरामद गरेको प्रवक्ता न्यौपानेले बताए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा

वीरगंज २१ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिका पहिलो साक्षर पालिका घोषणा गरिएको छ । शनिवार जिल्ला समन्वय समिति...

सम्बन्धित खबर

- Advertisement -neelambads