search

खेलकुद कार्यालय प्रमुख विहीन 

पढ्न छुटाउनुभयो ?




    

गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मी कार्यालय प्रमुख विहीन भएको छ । लामो समयदेखि कार्यालय प्रमुख विहीन भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।

कार्यालय प्रमुख नहुँदा दैनिक प्रशासनिक काममा समस्या भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले बताउनुभयो । जिल्लामा हुने कुनै खेलकुदका गतिविधिमा बाहिरबाट मान्छे खोजेर काम गराउनुपर्ने अवस्था रहेको अध्यक्ष महाकिमले बताउनुभयो ।

कार्यालय प्रमुख आउने विषयमा धेरै पहिलेदेखि कुरा भइरहे पनि अहिलेसम्म आउन नसकेको महाकिमको भनाई छ । यस अघि जिल्ला खेलकुद विकास समितिमा कार्यालय प्रमुख डिल्ली बि.क हुनुहुन्थ्यो  । 

उहाँको सरुवा भइसकेपछि अहिले कार्यालयमा  ३ महिनादेखि कार्यालय प्रमुख विहीन बन्न पुगेको छ ।

Facebook Comments Box

ताजा खबर

सर्वोच्च अदालत जलाएको आरोपमा पक्राउ परेका ढुङ्गेललाई तत्काल छोड्न अखिल (क्रान्तिकारी) को माग

वीरगंज , मंसिर - ११ अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सहभागी विद्यार्थीमाथि...

सम्बन्धित खबर

- Advertisement -neelambads