search

तेस्रो ब्रेकिङ बाउन्ड्रीज क्रिकेट प्रतियोगिताको उपाधि छात्रतर्फ कालिका र छात्रातर्फ अम्मरसिंहलाई

पढ्न छुटाउनुभयो ?




पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा सम्पन्न भएको कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका मावि र छात्रातर्फ अम्मरसिंह मावि विजयी भएका छन् । पोखरा रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ कालिकाले नवप्रभात माविलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भयो । 

टस जितेर ब्याटिङ गरेको नवप्रभातले ११.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रन मात्रै बनाएको थियो । नव प्रभातका अनिश पटेलले १३ रन जोड्नु भयो । कालिकाका बलरहरू टङ्क आचार्य र मनोज नेपालीले दुई दुई विकेट लिनु भएको थियो । जितका लागि ५३ रनको लक्ष्य पछाएको कालिकाले ७.६ ओभरमा ४ विकेट गुमाएर जित हासिल गर्‍यो । कालिकाका लागि टङ्क आचार्यले अभिजित १२ तथा समिर अधिकारीले १२ रनको योगदान दिए ।  नव प्रभातका अनिश पटेल र समीर भुजेलले दुई दुई विकेट लिनु भयो । 

छात्रतर्फ अमरसिंहले सिद्ध माविलाई १५ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिला ब्याटिङ गरेको अमरसिंहले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । अमरसिंहका सुबिना गुरुङले १६ तथा चन्द्रमाया बरालले १० रन जोड्नु भयो । प्रतिउत्तरमा सिद्धको पारी ९० रनमै समेटियो । सिद्धको तर्फबाट रचना चौधरीले १८ रन बनाउनु भएको थियो । 

प्रतियोगितामा छात्रतर्फ कालिकाका समिर अधिकारी सर्वोत्कृष्ट खेलाडी, नवप्रभातका अनिश पटेल उत्कृष्ट बलर तथा सिद्धका निशान नेपाली उत्कृष्ट ब्याट्सम्यान बन्नु भयो । छात्रातर्फ अमरसिंहकी चन्द्रमाया बराल सर्वोत्कृष्ट खेलाडी, सिद्धकी रचना चौधरी उत्कृष्ट बलर तथा सिद्धकै रोजी परियार उत्कृष्ट ब्याटर हुनु भयो । 

प्रतियोगिताका विजयी खेलाडी तथा टिमहरूलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाली सेना विजयपुर ब्यारेकका प्रमुख सेनानी निरुत्तम पौडेल, पोखरा महानगर खेलकुद समितिका अध्यक्ष दीपकबहादुर गोदार, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष संजय सिग्देल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कास्कीका अध्यक्ष राजन पौडेल, सहयोगी संस्था किडासा फाउन्डेसनका कार्यक्रम विश्लेषक कृपासु निरौला लगायतले शिल्ड मेडल प्रमाणपत्र पुरस्कार वितरण गर्नु भएको थियो । आयोजक समितिका अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads