search

spot_img
spot_img

चौथो ‘रारा ट्रेल रन’को उपाधि राज्यलक्ष्मी र अक्कललाई

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

मुगु । नेपाली सेनाले मुलुकको ठूलो र गहिरो ताल रारामा सञ्चालन गरेको चौथो रारा ट्रेल रन (दौड) प्रतियोगिताको उपाधि राज्यलक्ष्मी र अक्कलले हात पारेका छन् ।

बर्सेनि नेपाली सेनाले आयोजना गर्दै आएको दौड प्रतियोगिताको चौथो संस्करणअन्तर्गत भएको खेलमा ताल वरिपरि धावकलाई प्रतिस्पर्धी गराइएको थियो । यस वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हनुमान ध्वज गुल्म रारा रहेको छ ।

शुक्रबार बिहान सञ्चालन भएको दौडमा महिला र पुरुष गरी एक सय ९४ जना खेलाडीले सहभागिता जनाएका थिए । सहभागी पुरुष एक सय ६९ मध्य छायाँनाथ रारा नगरपालिका–१४ वाम गाउँका अक्कल बढुवाल (१७) ले निर्धारित १६ किमी दूरी एक घण्टा दुई मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम भएका छन् । 

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ का शेरबहादुर बुढाले एक घण्टा दुई मिनेट ११ सेकेण्डमा पार गर्दै द्वितीय र कनकासुन्दरी–२ का चन्द्र रावतले एक घण्टा दुई मिनेट २१ सेकेण्डमा पार गर्दै तृतीय स्थान प्राप्त गरेका हुन् ।

महिला सहभागी ३५ जनामध्ये गोठीचौर गाउँपालिका–३ गज्याङकोटकी राज्यलक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दूरी एक घण्टा १४ मिनेट ३३  सेकेन्डमा पार गर्दै प्रथम, पातारासी गाउँपालिका–२ जुम्ला पेडा गाउँकी कल्पना बुढाले एक घण्टा १४ मिनेट ५२ सेकेण्डमा दोस्रो र जुम्लाकी समिता बुढाले एक घण्टा १६ मिनेट ३१ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हात पारेका छन् । 

प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः रु ५० हजार, रु ४० हजार, रु ३० हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । विजेतालाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायाँनाथ रारा नगरपालिकाका कावा प्रमुख पदमराज मल्ललगायतले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभएको थियो ।

दौड प्रतियोगितामा ज्येष्ठ खेलाडी ५१ वर्षीय राजाराम बुढाका साथै कान्छा खेलाडी १५ वर्षीय दीपेन्द्र रावल प्रतियोगीका रुपमा सहभागी भएका थिए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads