search

spot_img
spot_img

बलात्कार मुद्दा गाउँमैं मिलापत्र गराउने चलखेल

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १९ जेठ/पर्साको बहुदरमाई नगरपालिकामा घटित जबरजस्ती करणी मुद्दामा पीडक पक्ष दबाब दिएर मिलापत्र गराउने चलखेलमा लागेको छ। पीडक पक्षले पीडित महिलाको घरपरिवारलाई आर्थिक प्रभावमा पारी मुद्दा मिलापत्र गराउनेतर्फ चलखेल गरिरहेको बताइएको छ। पीडक पक्षले रु ५० हजार पीडित महिलाको घरपरिवारलाई दिएर उक्त मुद्दामा पीडित महिलाको बयान फेर्न लगाउने प्रयास गरिरहेको गाउँलेहरूले बताएका छन्।
यस बलात्कार मुद्दालाई लिएर केही दिन अघि गाउँमैं पञ्चायती बसेर पीडित महिलाका नातेदारको रोहबरमा मुद्दा मिलापत्र गराउन दबाब दिइएको थियो। पीडक भीम यादवका भाइहरू प्रहरी अधिकृतमा कार्यरत रहेकाले यस्तो चलखेल भइरहेको बताइएको छ।
गत वैशाख १२ गते साँझ करीब साढे ७ बजे २२ वर्षीया महिला आफ्नै घरमा एक्लै रहेको बेला ४४ वर्षीय भीम यादव निज महिलाको घरमा प्रवेश गरी मुख थुनेर बलात्कार गरेका थिए।
सोको भोलिपल्ट पीडित महिलाले इलाका प्रहरी कार्यालय, पोखरियामा आफूमाथि बलात्कार भएको जाहेरी दिएपछि स्वास्थ्य परीक्षण एवं अनुसन्धानका अन्य प्रक्रिया शुरू भएका थिए। सो मुद्दामा जोहरी दर्ता भएपनि प्रहरीले हालसम्म पीडक यादवलाई पक्राउ गर्न सकेको छैन। हाल पीडक यादव फरार छन्। यस विषयमा इप्रका, पोखरियाका प्रहरी निरीक्षक राजन ढकालसँग बुझ्दा उनले यो मुद्दामा पीडकको नाममा पक्राउ पुर्जी जारी भइसकेको र अनुसन्धानको क्रममा पीडित होस्टाइल हुँदा पनि मुद्दामा केही फरक नपर्ने स्पष्ट पारे। उनले चाँडै पीडक यादवलाई पक्राउ गर्न मातहतका युनिटलाई निर्देशन दिएको बताए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads