search

spot_img
spot_img

वीरगंज कपडा बैंकद्वारा सम्मान कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ जेठ/ वीरगंज कपडा बैंकले स्थापना दिवसमा कार्यसमितिका पदाधिकारी, सदस्यहरू, कर्मचारी र सहयोगीहरूलाई शनिवार सम्मान गरेको छ।
कार्यक्रममा संस्थाका संरक्षक सुरेन्द्र कुर्मीले कार्यसमितिका पदाधिकारी, सदस्यहरू, कर्मचारी र सहयोगीहरूका साथै सञ्चारगृह गरी १०७ जनालाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेका थिए। कार्यक्रममा उनले सबैको प्रयासले अहिले कपडा बैंक बलियो बन्दैको बताए। उनले सहयोगी दाताहरूबाट प्राप्त कपडालाई संरक्ष्Fण गरी आवश्यकता भएकाहरूलाई दिंदै आएको र यसले समाजमा ठूलो योगदान पुगिरहेको बताए। उनले जसलाई जस्तो कपडा आवश्यक छ, त्यस्तै छानेर लाने व्यवस्था गरिएकोले बैंकबाट र सार्वजनिक स्थानमा आयोजित कार्यक्रमबाट कपडा लानेहरू सन्तुष्ट हुने गरेकाले आफूहरूलाई पनि आनन्द महसूस हुने गरेको बताए। उनले कपडा बैंकबाट कपडा लानेहरूको सङ्ख्या बढ्दै गएकाले पनि हाम्रो समाजमा गरीबीको अवस्था छर्लङ्ग भएको बताए।
नागरिकको गास, बास र कपासको व्यवस्था गर्ने जिम्मेवारी सरकारको भएको तर सरकारमा हुनेहरू कुर्सी बचाउने खेलमा मात्र रुमलिने गरेकाले उनीहरू जनताप्रति अनुत्तरदायी बनिरहेको आरोप लगाए। उनले कपडा बैंक जस्तै खाद्य बैंकको पनि आवश्यकता रहेको र त्यसतर्फ पनि प्रयास भइरहेको बताए। कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेजामुद्दीन समानी, बृजेश चौधरी, अभिषेक तिवारी, ओमप्रकाश सर्राफ, किरण सरकार, मोनिका सिंहलगायतले कपडा बैंकको कार्यको प्रशंसा गरेका थिए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads