search

spot_img
spot_img

आर्मीका श्रेष्ठलाई अन्नपूर्ण म्याराथनको उपाधि 

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

पोखरा । नेपाल आर्मीका होमलाल श्रेष्ठले चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ को उपाधि जित्नु भएको छ । गत वर्षका उपबिजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै उपाधि सहित नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको हो ।

उक्त दूरी गतबर्ष उहाँले ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गर्नु भएको थियो । त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ प्रतियोगितामा दोस्रो हुनु भएको छ । उहाँले निर्धारित दुरी ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गरेका गर्दै एक लाख पुरस्कार प्राप्त गर्नु भयो । उहाँले ५ दिन अघि मात्र एभरेस्ट म्याराथनको उपाधि जित्नु भएको थियो । 

त्यसैगरी गत वर्षका विजेता जुम्लाका धिरबहादुर बुढा यस बर्ष भने तेस्रो स्थानमा रहनु भएको छ । उहाँले ४ घण्टा ४३ मिनेट ६ सेकेण्डको समयमा निर्धारित दुरी पार गरी ७५ हजार नगद पुरस्कार प्राप्त गर्नु भयो । उहाँले गत बर्ष ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा दुरी पूरा गरी प्रथम स्थान प्राप्त गर्नु भएको थियो । 

महिला तर्फको उपाधि खोटाङका निर्मला राईले जित्नु भयो । उहाँले निर्धारित दुरी ५ घण्टा ३७ मिनेट ४७ सेकेण्डमा पुरा गर्दै विजेता राईले नगद १ लाख ५० हजार राशि पुरस्कार प्राप्त गर्नु भयो । नेपाल आर्मीकी (डोल्पा घर भई) सुनसरी रोकायले ५ घण्टा ४५ मिनेट ३१ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो हुँदा ओखलढुङ्गाकी छोकी शेर्पाले ५ घण्टा ५६ मिनेट ५९ सेकेण्डको समय दुरी पार गर्दै तेस्रो स्थान प्राप्त गर्न सफल हुनु भयो । गत बर्ष पनि तेस्रो स्थान प्राप्त गर्नु भएको शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दौड पुरा गर्नु भएको थियो । महिला तर्फ पनि द्वितीय र तृतीय स्थान प्राप्त गरेका रोकाय र शेर्पाले क्रमशः एक लाख र ७५ हजार प्राप्त गर्नु भयो । 

दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङले बताउनु भयो । 

महिला तर्फ १ विदेशी सहित ११ जना धाविकाको सहभागिता रहेको थियो । ३ विदेशी ४९ जना पुरुष धावकको सहभागिता रहेको थियो । महिला तथा पुरुष गरी ६० जना धावकले भाग लिएकोमा २ जनाले बिचबाटै प्रतियोगिता छाड्नु भएको थियो । ४ विदेशी मध्ये ३ जना बेलायती र १ स्कटल्यान्डका धावकको सहभागिता रहेको थियो।  

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरूलाई म्याराथनका समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डा.टकराज गुरुङ, पण्डित गुरु आनन्द, प्रदेश सभा सदस्य प्रकाश बराल, पूर्वमन्त्री प्रकाश गुरुङ, नेपाल पर्यटन बोर्डका सदस्य ऋषिराम भण्डारी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका प्रमुख डा. रविन कठायत लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । 

‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यसहित समितिले २०७५ सालदेखी अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो।अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गत वर्षदेखि अल्टिमेट एडभेन्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङले बताउनु भयो ।  

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

नेपाल नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित

काठमाडौँ, ३० साउन : अष्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल अष्ट्रेलियाको स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग पराजित...

सम्बन्धित खबर

- Advertisement -neelambads