search

प्रधानमन्त्री कप भलिबलमा नेपाल पुलिसद्वारा त्रिभुवन आर्मी पराजित

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको आज भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा पुलिसले आर्मीलाई ३१ सेटमा पराजित गरेको हो ।

खेलको पहिलो सेट २५-२७ ले गुमाएको पुलिसले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्यो । पुलिसले आर्मीमाथि २६-२४, २५-२१, २५-१८ ले जितेको हो ।

  यसअघि पुलिसले सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशी प्रदेशलाई समान ३-० ले पराजित गरेको थियो । त्यस्तै आर्मीको भने यो पहिलो हार हो । यसअघि आर्मीले बूढानीलकण्ठ, कोशी, एपिएफ र सुदूरपश्चिमलाई समान ३–० को सेटमा हराएको  थियो ।

पुरुषतर्फ आजै सम्पन्न खेलमा सुदूरपश्चिमले कोशीलाई ३-१ सेटमा पराजित गरेको छ । आजै भएको महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० तथा आर्मीले न्यु डायमन्डलाई ३-२ को सेटमा हराएको थियो । रासस

Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads